Tuesday, September 27

रेनु दाहाल चढेकाे गाडी दुर्घटना, सुमेरु अस्पतालमा भर्ना

May 27, 2022 695

जेठ १३ , काठमाडौँ

भरतपुर महानगरपालिकाका नवनिर्वाचित मेयर रेनु दाहाल अस्पताल भर्ना भएकी छन्।

शुक्रबार दिउँसो गाडी दुर्घटना हुँदा घाइते भएकी उनलाई ललितपुरकाे सुमेरु अस्पताल भर्ना गरिएकाे हाे।

उनको टाउकोमा चोट लागेको अस्पताल प्रशासनले जनाएको छ।

अहिले उनको टाउकोको सिटी स्क्यान गरिएको र रिपोर्ट आउन बाँकी छ।

प्रहरी स्रोतका अनुसार उनी चढेको गाडी जावलाखेलकाे स्टाफ कलेज नजिकै बिजुलीकाे पाेलमा ठाेक्किएर दुर्घटना हुँदा उनी घाइते भएकी हुन्।

उनको टाउकोमा चोट लागेपछि लगत्तै सुमेरु अस्पताल भर्ना गरिएको हो।

गठबन्धनले चुनावमा सत्ताको दुरुपयोग गर्‍यो : अष्टलक्ष्मी शाक्य

बागमती प्रदेशकी निवर्तमान मुख्यमन्त्री एवम् नेकपा एमालेकी केन्द्रीय उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले हालै सम्पन्न स्थानीय तहको निर्वाचनमा सत्तारुढ गठबन्धनले सत्ताको दुरुपयोग गरेको आरोप लगाएकी छन् ।

उनले शुक्रबारबाट सुरु भएको बागमती प्रदेशसभाको दसौँ अधिवेशन (वर्षे अधिवेशन) बैठकलाई सम्बोधन गर्दै ५ दलीय गठबन्धनले लोकतन्त्रमाथि नै प्रश्न उठ्ने गरी सत्ताको चरम दुरुपयोग भएको आरोप लगाएकी हुन् । ‘एमाले एक्लैसँग प्रतिस्पर्धा गर्न पनि गठबन्धनका दलहरूले निर्वाचन आचारसंहिता विपरीतको काम गर्नुपर्‍यो ।’ उनले भनिन् ।

उनले सत्ता गठबन्धन लोकतन्त्रको पक्षमा नरहेको बताउँदै बाँकी रहेको समयमा सच्चिन आग्रह गरिन् । ‘प्रदेशसभाको ५ वर्ष सकिनै लाग्दा हालै सम्पन्न स्थानीय निर्वाचनले लोकतन्त्र माथि प्रश्न उठेको छ । यो गलत छ । यस्तो काम सच्चिनुपर्छ’ उनले भनिन् ।

देशभर उच्च मूल्यवृद्धि भएको र देशैभर उच्च महँगी बढ्दा जनताको दैनिकीमा नै समस्या सृजना भएको बताउँदै केन्द्र सरकारले त्यसतर्फ ध्यान दिनुपर्नेमा उनले जोड दिइन् ।

प्रतिकृया दिनुहोस्