काठमाडौं :
राजेशपायल राईले अब छिट्टै बिहे गर्न लागेको खबर सार्वजनिकर भएको छ । केही महिनायता एक युवतीसँग ‘गम्भीर सम्बन्ध’मा रहेका उनको बिहेको खबर बाहिर आएको हो ।
राजेश पायल राई नेपाली गायक हुन । उनले थुप्रै नेपाली चलचित्रका गीतहरूमा स्वर दिइसकेका छन । उनी विश्वमै ५ घण्टामा ९ गीत रेकर्ड गर्ने उनी नै पहिला गायकका रुपामा उनलाई चिनिन्छ।
उनको जन्म वि.स.२०३२ असोज १४ गते पिता रत्न राई र माता सञ्चलक्ष्मी राईका सन्तानका रूपमा खोटाङको बुइपा भनने ठाउमा भएको थियो। उनको पहिलो गीत रेडियो नेपालमा रेकर्डिङ भयको सम्झनाको कुरा नगर भन्ने बोलको गित पहिलो थियो ।
खबर अनुसार उनी सङबुङ राई नामकी युवतीसँग बिहे गर्ने तयारीमा रहेका छन् । सङबुङ र राजेशपायलबीच डेटिङ चलिरहेको तथा चाँडै विवाहको औपचारिक घोषणा हुने तयारीमा रहेको बताइएको छ ।बिहेको प्राविधिक तयारी भइरहेको समेत बताइएको छ ।
उनीहरु जन्मदिन मनाउनेदेखि विशेष समारोहमा एकसाथ देखिंदै आएको बताइएको छ । राजेशपायलभन्दा आधा उमेरले कान्छी सङबुङ सम्बन्धलाई लिएर गम्भीर रहेको बताइएको छ ।
प्रतिकृया दिनुहोस्