Saturday, September 18

नयाँ बर्षको पहिलो दिन यस्तो छ यहाँको भाग्य, बैशाख १ गतेको राशिफल हेर्नुहोस्

April 14, 2021 193

मेष – नयाँ बर्षको सुरुवात राम्रो रहने छ । समयमा सजग बन्दा शुभचिन्तकहरू नजिकिन सक्छन् । अरूको सुझावलाई बेवास्ता गर्दा दुःख पाइनेछ । पुरानो समस्याले विवाद निम्त्याउन सक्छ । सहयोगीहरूले हात झिक्नाले पनि काममा विलम्ब हुनेछ । फजुल खर्च बढ्नेछ । कृषि तथा पशुपालनमा खर्च बढ्नेछ । चुनौती देखिएलान्, गोपनीयतामा ध्यान पुर्याउनुहोला । आँटेका काममा दोहोर्याएर प्रयत्न गर्नुपर्ला ।

बृष – आम्दानीका स्रोत बढ्नुका साथै दिगो फाइदा हुने काम प्रारम्भ गर्ने समय छ। बोलीको प्रभाव बढ्नेछ भने अभिव्यक्ति कलालाई निखार्ने अवसर प्राप्त हुनेछ । बुद्धिको उपयोगले विद्या तथा धन आर्जन हुनेछ भने सानो प्रयत्नले ठूलो काम बन्नेछ । मिहिनेतले सम्मानित स्थान दिलाउनेछ । बौद्धिक कार्यमा अभिरुचि बढ्नेछ। विचार अभिव्यक्तिले ख्याति बढाउला । नयाँ बर्षको सुरुवात सुखद रहेन छ ।

मिथुन – नयाँ बर्षको पहिलो दिन नै नयाँ कामको प्रस्ताव आउनेछ भने साथ दिनेहरू बढ्नेछन् । रचनात्मक काम बन्नुका साथै मनग्य धन आर्जन हुनेछ । पहिलेको सफलताले थप हौसला जगाउनेछ। बिछोडिएका परिवारजनसँग भेटघाट हुनेछ। रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ। विगतका कमीकमजोरीलाई सुधार गर्ने मौका छ। प्रेम र मित्रता सुमधुर हुनेछ।

कर्कट – पहिलेका गल्ती सच्याउने मौका छ। चुनौती देखिए पनि स्वाभिमानको रक्षा गर्न सकिनेछ। दिगो आम्दानी हुने काम फेला पार्न सकिनेछ। नजिकका साथीभाइ टाढिए पनि टाढाका साथीभाइ फेला पर्नेछन्। लामो यात्रा सम्भावना छ। नचाहाँदा गरिएको कामले हानि पुर्याउन सक्छ। फाइदाका पछि लाग्दा साथीभाइ टाढिन सक्छन्। धैर्यले काम लिँदा प्रतिस्पर्धीलाई उछिन्न सकिनेछ। नयाँ बर्षको पहिलो दिन उत्साहपद रहनेछ ।

सिंह – लाभको अवसर मिले पनि तत्काल फाइदा लिँदा भविष्यमा नोक्सान हुने देखिन्छ। पछिका लागि केही वस्तु त्याग्नुपर्ला। मिहिनेतको प्रतिफल समेत अरूले हत्याउने चेष्टा गर्नेछन्, सजग रहनुहोला। शुभचिन्तकहरूको सुझावलाई बेवास्ता गर्दा दुःख पाइनेछ। सद्विचारले अभिप्रेरित हुनेहरूलाई बिस्तारै लाभ हुनेछ। प्रयत्न गर्दा पछि फाइदा हुने काम प्रारम्भ हुनेछ। नयाँ बर्षको सुरुवात राम्रो रहने छ ।

कन्या – कामको सन्दर्भमा केही वादविवाद हुन सक्छ। अवसर आए पनि नयाँ काममा हात हाल्नुअघि राम्ररी विचार पुर्याउनुहोला। तत्काल धेरै फाइदा नहुने कामको जिम्मेवारी वहन गर्नुपर्ला। नोकरी र राजनीतिमा पनि समय चुनौतीपूर्ण नै देखिन्छ। तापनि समुदायको हक हित हुने काम सम्पादन गर्न सकिनेछ। सोचेको लक्ष्य प्राप्त गर्न केही समय प्रतीक्षा गर्नुहोला। भाग्यले नयाँ बर्षको पहिलो दिन राम्रो सुरुवात दिनेछ ।

तुला – नयाँ बर्षको पहिलो दिन सुखद सुरुवात हुनेछ । सानो प्रयत्नले दिगो लाभ हुने काम बन्न सक्छ । भाग्योन्नतिको समय छ । आस मा रे को काम बन्नाले उत्साह जाग्नेछ । गरेका कामबाट धेरैलाई फाइदा पुग्न सक्छ । सामाजिक काममा रुचि बढ्नेछ । एउटै प्रयत्नले दोहोरो लाभ दिलाउन सक्छ । विशेष योजनाहरू बन्नेछन् । धार्मिक वा मंगलमय कृत्य सम्पादन हुन सक्छ । व्यवसायमा पनि मनग्य लाभ हुनेछ ।

बृश्चिक – अरूका काममा समय खर्चनुपर्ला। काम बिग्रने भ यले सताउनेछ भने न्यून उपलब्धिमा चित्त बुझाउनुपर्ने परिस्थिति रहनेछ । नयाँ काममा हात हाल्न केही समय पर्खनुहोला। पहिलेको कामलाई भने निरन्तरता दिन सकिनेछ। भैपरी आउने समस्या सुल्झाउन सकिनेछ। परिस्थितिले अप्ठ्यारा चुनौतीहरूसँग सम्झौता गराए पनि सहयोगीहरूले फाइदा दिलाउनेछन्। नयाँ बर्षको सुरुवात राम्रो रहनेछ ।

धनु – भौतिक साधनले मन लोभ्याउन सक्छ। सोख तथा मनोरञ्जन ले खर्च बढाउनेछ भने जीवनशैलीमा परिवर्तन पनि आउनेछ। प्रियजनसँगको भेटघाटले आनन्द मिल्नेछ। दाम्पत्य जीवन रमाइलो रहनेछ। आतिथ्यपूर्ण सम्मान प्राप्त हुनेछ। नयाँ बर्षको सुरुवातसँगै नयाँ जोडि मिल्ने सम्भावना देखिन्छ । व्यावसायिक कामले यात्रा गराउनेछ। व्यापारमा मनग्य लाभ लिने समय छ। धेरैको मन लोभ्याउने प्रगति हासिल हुन सक्छ।

मकर – काममा बाधा पुर्याउनेहरू प्रशस्तै हुनेछन्। प्रतिस्पर्धी बढ्नाले समस्या थपिएलान्। अप्ठ्यारा परिस्थिति सामना गर्नुपर्ला। केही चुनौतीहरू देखिनेछन्। फजुल खर्च बढ्नेछ भने ठगीमा परिने योग भएकाले होसियार रहनुहोला। नयाँ बर्षको सुरुवात राम्रै रहेपनि बिभिन्न प्रावधानले पनि काम रोकिन सक्छ। अधिकार सुरक्षा गर्न जुट्नुपर्नेछ। फाइदाका लागि गोपनीयतामा ध्यान पुर्याउनुहोला।

कुम्भ – अध्ययनमा राम्रो उपलब्धि प्राप्त हुनेछ। बौद्धिक प्रतिस्पर्धामा विजयी भइनेछ। प्रतिष्ठित काम सम्पादन गर्ने मौका छ। फाइदाको स्रोत पहिल्याउन सकिनेछ। प्रयत्न गरेका काम सजिलै सम्पादन हुनेछन्। नयाँ बर्षको सुरुवातमा सेवामूलक कामबाट धनलाभ हुनेछ। स्वास्थ्य सबल रहनेछ। पशुपालन तथा कृषि क्षेत्रबाट पनि राम्रो लाभ मिल्नेछ। सन्तान वा अनुयायीले साथ दिनेछन्।

मीन – बेसुरमा वचन दिने बानीले अप्ठ्यारोमा पार्न सक्छ। ईर्ष्या गर्नेहरूले सताउन सक्छन्। महत्वाकांक्षी योजना गोप्य राखेर अघि बढ्नुहोला। बुद्धिको उपयोग गर्दा जटिल ठानिएको काम समेत सम्पादन होला। नयाँ बर्षको सुरुवात मा गरिएको श्रमबाट पछिलाई फाइदा पुग्न सक्छ। मनको डर भए पनि व्यवहारमा फाइदा हुनेछ। परिवारमा आमाको सहयोग लिँदा काम सम्पादन हुन सक्छ।

प्रतिकृया दिनुहोस्