Tuesday, October 26

इन्द्रेणीमै पहिलो पटक यसरि मनाए कृष्ण कंडेलले जन्मदिन आलिफ खानले दिए उपहार हेर्नुहोस भिडियो

February 14, 2021 281

लोकप्रिय कार्यक्रम इन्द्रेणी, इन्द्रेणी समाजका अध्यक्ष, संचालक तथा समाजसेवी आदरणीय व्यक्तित्व कृष्ण प्रसाद कँडेल ज्यूको आज जन्मदिन परेको छ।

कृष्ण कँडेल वि.सं. २०२९ सालमा सुर्खेत जिल्लाको पञ्चपुरी नगरपालिका वडा नंवर ८ लाटीकाँडामा जन्मिएका हुन् । हाल उनी काठमाडौंमा बस्दै आइरहेका छन् ।

कृष्ण कँडेलका ३ भाइ र ४ दिदी बहिनीहरू छन् । कृष्ण कँडेल आफ्ना आमा बाबुका माइला सन्तान हुन् ।

सामाजिक सञ्जाल फेसबुकमा उनलाई जन्मदिनको शुभकामना दिनेको ओइरो लागेको छ।

उहाँको जिवनी यस्तो छ: कृष्ण कँडेल नेपालको लोकप्रिय टेलिभिजन कार्यक्रम इन्द्रेणीका कार्यक्रम प्रस्तोता तथा सामाजिक कार्यमा संलग्न व्यक्ति हुन् ।

उनी कर्णालीका पूर्व सैनिक हुन् र हाल उनी नेपालको राजधानी काठमाडौंमा समेत कलाकारिता मार्फत चर्चित छन् ।

कृष्ण कँडेल कला र गलाको माध्यमबाट राहत सङ्कलन गरी हजारौं पिडित व्यक्तिको घाउमा मल्हम लगाइरहेका छन् । सैनिक जिवन पूरा गरिसकेका कृष्ण कँडेल हाल देशविदेशमा चर्चाको शिखर चुमिरहेका छन् । सामाजिक अभियन्ता तथा लोककलाकर्मी कृष्ण कँडेल इन्द्रेणी समाजका संस्थापक अध्यक्ष र इन्द्रेणी समाज काठमाडौंका संस्थापक व्यक्तित्वका रूपमा स्थापित भइसकेका छन्।

बाल्यकाल देखि नै लोक संस्कृति प्रति रुची राख्ने कृष्ण कँडेलले ५ कक्षा देखि नै कविता र गीतबाटै विद्यालयका कार्यक्रमहरू सञ्चालन गर्दथे । रेडक्रस र स्काउटका तालिम समेत कृष्ण कँडेलले गीत, गजल र कविताबाट सञ्चालन गर्दा सबै अचम्मित हुन्थे । स्थानीय नेरा मावि बाबियाचौरमा एसएलसी सम्म अध्ययनपछि आरआर क्याम्पस काठमाडौंमा अध्ययन गर्दागर्दै कृष्ण कँडेल २०४८ सालमा नेपाली सेनामा भर्ना भएकाले उनले उच्च शिक्षा हासिल गर्न पाएनन् ।

नेपाली सेनामा भर्ती भए लगत्तै रेडियो सैनिक कार्यक्रम सञ्चालन गर्ने अवसर पाएका कृष्ण कँडेलले १६ वर्ष नेपाली सेनामा सेवा गरे । सेवानिवृत्त भएपछि माउन्टेन टेलिभिजनमा आवद्ध भएका कृष्ण कँडेलले सप्तरङ्गी इन्द्रेणी मार्फत नेपालकोे लोक संस्कृतिको संरक्षण सम्वर्द्धन गर्नमा योगदान पुर्याउँदै आएका छन् । उनले सयौं दिन दुःखीहरूका लागि उपचार खर्च जुटाउने जस्ता कार्यक्रमहरू समेत सञ्चालन गर्दछन् ।

२०७० साल तिर एबिसी टेलिभिजनमा जोडिएका कृष्ण कँडेलले इन्द्रेणी समाज गठन गरी इन्द्रेणी कार्यक्रम मार्फत नेपालकोे लोक कलासंस्कृति र सम्पदाको संरक्षण सम्वर्द्धन गर्ने मात्र नभई ओझेलमा परेका पर्यटकीय स्थलहरू र भाषाको संरक्षण सम्वर्द्धनमा अमुल्य योगदान पुर्याउँदै आएका छन् । सिन्धुपाल्चोक जिल्लाको जुरेमाङखाका बाढी पिडित, २०७२ सालका भूकम्प पीडित, सुर्खेत र बर्दियाका बाढी पीडितका लागि इन्द्रेणी कार्यक्रम मार्फत राहत रकम जुटाउन कृष्ण कँडेलले योगदान गरे ।

यति मात्र होइन कृष्ण कँडेलले इन्द्रेणी कार्यक्रम मार्फत मृगौला बिग्रिएका, दृष्टिबिहिन, प्यारालाइसिस भएका र दुर्घटनामा परी उपचार हुन नसकेका, अपाङ्गता र गरीबीका कारण घरबास नभएकालाई घरबास व्यवस्थापन, क्यान्सर पीडित, अनाथ बालबालिकाको व्यवस्थापन, गम्भीर प्रकृतिका रोगीको उपचार, साउदी अरबमा आजिवन काराबास सुनाइएका कैदीको उद्दारका लागि समेत आवश्यक रकम जुटाउन उल्लेखनीय पहल गरेका छन् ।

इन्द्रेणी कार्यक्रमको माध्यमबाट सहयोगी दाताको सहयोगमा २०७६ साल साउन मसान्तसम्म दुवै मृगौला गुमाएका ४६ जना, मुटुमा प्वाल परेका र गम्भीर प्रकृतिका रोग लागेका गरेर ५ जना, अपाङ्गता भएका १२ जना, क्यान्सर पिडित ११ जनाको उपचार खर्च जुटाइ सकेका छन् । ती पिडित मध्ये अधिकांशको सफल उपचार भइसकेको र केहीको उपचार उपरोक्त मितिमा भइरहेको छ ।

कृष्ण कँडेल लोक कलासंस्कृति संरक्षण सम्वर्द्धन सँगसँगै दिनदुःखी, असहाय, गरीब, विभिन्न खाले रोगबाट पीडित, प्रकोप पीडित तथा देश र विदेशमा बसेका नेपालीहरूको पीडामा मल्हमपट्टी लगाउन तथा पीडा समाधान गर्न पाउँदा हर्षित हुन्छन् । इन्द्रेणी कार्यक्रमको माध्यमबाट उपरोक्त मितिसम्म सम्म सयौं लोकसंस्कृति प्रेमी कलाकार उत्पादन भइसकेका र दैनिक २० जनाभन्दा बढी पीडित सहयोग जुटाइदिन आग्रह गर्दै इन्द्रेणी समाजमा आउने गरेका छन् ।

कृष्ण कँडेल समाज सेवा नै सबै भन्दा ठूलो धर्म हो भन्ने गर्छन् र देश विदेशमा बसेका मनकारी नेपाली दाजुभाईको सहयोगमा आफुहरूले यो काम गर्न सफल भएको बताउँछन् । कृष्ण कँडेलकी पत्नीको नाम प्रतिमा कँडेल हो । कृष्ण कँडेललाई सङ्गीत जिवनमा सफल हुनमा उनकी पत्नी प्रतिमा कँडेलको हात रहेको कुरा कृष्ण कँडेल आफैले भनेका छन्।

आँशु गायकको रूपमा समेत परिचित कृष्ण कँडेल लोक संस्कृतिको जगेर्ना गर्नु पनि आफ्नो सक्रियता रहेको बताउँछन् । कृष्ण कँडेल भन्छन्- “अहिले लोक साहित्यलाई बङ्ग्याउन खोजिंदैछ । मौलिक कला संस्कृतिको रक्षा तथा सम्वर्द्धन गर्नु हामी सबैको दायित्व हो । यसका लागि राज्यले नै अग्रसरता लिनुपर्छ । कला तथा साहित्य क्षेत्रमा जिवन व्यतित गरेका श्रष्टालाई राज्यले जिवन निर्वाहका लागि सहयोग गर्नु पर्छ ।

पूरै समय कला साहित्य तथा लोक साहित्यमा खर्च गरेका अग्रजहरूलाई राज्यले सम्मान गर्नुपर्छ । बरु उनीहरूसँग भएको सीप, कला, साहित्यलाई राज्यले प्रयोग गर्ने र सेवा वापत उनीहरूलाई जिवन निर्वाह गर्न पुग्ने खर्च दिन जरुरी छ । यस्तो भएको खण्डमा अन्य युवा पुस्तालाई कला क्षेत्रमा लागिरहन र देशको मौलिकतालाई बचाइराख्न सहयोग पुग्ने अपेक्षा छ।

प्रतिकृया दिनुहोस्