Sunday, October 17

६ वर्षदेखि मलेसिया रोजगारीमा, यता एसइईमा ल्याए २.७५ जिपिए !

August 14, 2021 397

६ वर्षदेखि मलेसिया गएका एक जनाले माध्यमिक शिक्षा परीक्षा (एसईई) परीक्षामा २.७५ जिपिए ल्याएका छन्। सप्तकोशी नगरपालिका-१० सप्तरीका २६ वर्षीय गोपाल प्रसाद सन्तले त्यहाँको जनता माध्यमिक विद्यालय भगनी मलेठबाट एसइई पास गरेका नगरपालिकाका सूचना प्रविधि अधिकृत महानन्द चौधरीले जानकारी दिए।

उनका अनुसार सन्त राेजगारी सिलसिलामा मलेसिया छन्। उनले २०७७ सालको एसइईमा २.७५ जिपिए ल्याएका चाैधरीले बताए। यो जानकारी बाहिर फैलिएपछि नगरपालिकाले विद्यालयलाई पत्रसमेत पठाएको चाैधरीले जनाए।

‘हामीले पनि यस विषयमा जानकारी पाएपछि नगरपालिकाको शिक्षा शाखाले स्कुललाई के कसरी पास भएको भनी पत्राचार गरेको छ, अब थप जानकारी आउँला नि,’ उनले भने।

उनका अनुसार सन्तका बुवा रामप्रसाद विद्यालयका कार्यालय सहयोगी हुन्।

प्रतिकृया दिनुहोस्