Sunday, March 7

ललितानिवास जग्गा प्रकरणमा माधव नेपालको फाइल खुल्यो, आजै पेशी तोकियो

February 14, 2021 94

काठमाडौं । प्रधानमन्त्री निवास बालुवाटारको ललितानिवासस्थित सरकारी जग्गामा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालको संलग्नता दाबी गर्दे सर्वोच्च अदालतमा परेको रिटमाथि पेशी तोकिएको छ ।

तत्कालीन प्रधानमन्त्री नेपाललाई मुद्धा चलाउन सर्वोच्चमा रिट परेकाके थियो । सरकारी जग्गा व्यक्तिको नाममा लैजाने तत्कालीन मन्त्रिपरिषदको निर्णयका आधारमा तत्कालीन प्रधानमन्त्री नेपाललाई पनि मुद्दा चलाउन माग गर्दै परेको रिटमाथिको सुनुवाइ आज हुँदैछ ।

पूर्वप्रधानमन्त्री नेपालको संलग्नता रहेको भए पनि अनुसन्धान गरी मुद्दा चलाउने विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उन्मुक्ति दिएको भन्दै उनीहरुलाई समेत विपक्षी बनाउन माग गर्दै सर्वोच्च अदालतमा परेको रिटको सुनुवाइ आज हुन लागेको हो ।

ललितानिवासको जग्गा प्रकरणमा सर्वोच्च अदालतका न्यायाधीशहरु आनन्दमोहन भट्टराई र हरि फुयाँलको संयुक्त इजलासमा शुरु भएको छ ।

वरिष्ठ अधिवक्ता बालकृष्ण न्यौपानेले अख्तियार दुरुपयोग अनुसन्धान आयोग काठमाडौं समेतलाई विपक्षी बनाई रिट दायर गरेका थिए ।

उनले राजनीतिक नेतृत्वलाई बचाउने गरी आयोगले निर्णय गरी मुद्दा चलाएको भन्दै तत्कालीन प्रधानमन्त्रीलाई समेत मुद्दा चलाउन माग गरेर रिट दायर गरेका थिए ।

प्रतिकृया दिनुहोस्