Wednesday, October 27

नेपाल इन्फ्रास्ट्रक्चर बैंकको पहिलो कारोबार ३४० रुपैयाँमा खुल्यो

February 14, 2021 316

काठमाडौँ । नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडको पहिलो कारोबार रू. ३४० देखि खुला भएको छ ।नेप्सेले कम्पनीको पहिलो कारोबारका लागि प्रतिकित्ता रू। ११३ दशमलव ६२ देखि रू. ३४० दशमलव ८६ सम्मको मूल्य रेञ्ज तोकेको थियो । नेप्सेले तोकेको अधिकतम मूल्य रेञ्जमै कम्पनीको शेयर कारोबार खुला भएको हो । पहिलो कारोबार दिन कम्पनीको शेयर खरीद चाप उच्च रहेको छ । कारोबारको १५ मिनेटको अवधिसम्म कम्पनीको १२ लाख ४ हजार ८६० कित्ता शेयर खरीद माग रहेको छ । नियमति सेसनमा विक्री कर्ता नभएपनि प्रि ओपनिङ सेसनमा कम्पनीको रू. ३७४ प्रतिकित्ताका दरले २३ हजार ६२६ कित्ता शेयर कारोबार भएको छ ।

कम्पनीले संस्थापक र सर्वसाधारण तर्फको गरी कुल २० लाख कित्ता शेयर बिहीवार सूचीकृत गराएको हो ।

प्रतिकृया दिनुहोस्