Monday, September 20

पारसले भेटे प्रधानमन्त्री देउवा, देउवाले दिए जिन्दगीमा कसैले नदिएको चिज

August 14, 2021 286

काठमाडौँ – नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान पारस खड्काले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेका छन् । हालै अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्यास लिएका पारस खड्काले प्रधानमन्त्री देउवालाई भेटेका हुन् ।

शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा उनले देउवालाई भेटेर शुभकामना लिएका छन् । भेटमा प्रधानमन्त्री देउवाले पारसलाई दुई दशकमा नेपाली क्रिकेटले हासिल गरेका सफलता र क्रिकेटमा झन् ठूलो सपना देख्न प्रेरित गरेकामा धन्यवाद दिएका थिए ।

साथ, देउवाले नेपाल र नेपालीको शिर उँचो बनाउन जिन्दगीको दोस्रो इनिङमा पनि सफलता मिलोस् भनेर पारसलाई शुभकामना समेत दिएका छन्। भेटमा पारसले आफ्नो आगामी यात्रको बारेमा देउवालाई सुनाएका थिए ।

पारसकै पालामा नेपालले विश्वकप क्रिकेट खेलेको थियो । विभिन्न अन्तराष्ट्रिय मैदानमा नेपालको शिर उचो राख्न पारसको ठूलो हात छ । देउवाले देश चिनाउने यात्रामा निरन्तर लागिरहन प्रेरित गरेका थिए ।

देउवाले खड्कालाई आजसम्म कसैले पनि दिन नसकेको शुभकामना दिएर क्रिकेट प्रेमीहरुलाई सम्मान गरेका छन् । पारसले अव क्रिकेटको विकासमा समय दिने र राजनीति पनि आफ्नो रुचीको विषय रहेको बताउँदै आएका छन् ।

प्रतिकृया दिनुहोस्