Tuesday, September 27

केशव स्थापित नमज्जासँग पछारिनुको कारण यस्तो पो !

May 28, 2022 306

हालै सम्पन्न भएको स्थानिय तहको निर्वाचन परिणामलाई लिएर विभिन्न कोणबाट चर्चा परिचर्चा भइरहेको छ । देशकै राजधानी रहेको काठमाडौँ महानगरपालिकाको अन्तीम परिणाम आएको थोरै मात्रै समय भएको छ यसको चर्चा पनि व्यापक रुपमा हुनु स्वाभाविकनै भयो ।

यस पटकको स्थानिय तहको निर्वाचनमा काठमाडौँ महानगपालिकामा जस्तो खालको परिणाम आयो त्यसले पनि यसको चासो ,चर्चा र विश्लेषण व्यापक मात्रामा भइरहेको छ । देशकै राजधानी रहेको काठमाडौँमा स्वतन्त्र उमेदवारले भारी मतान्तरले चुनाव जिते पछि राष्ट्रिय रुपमा मात्रै होइन अन्तराष्ट्रिय रुपमानै यसको चर्चा चलिरहेको छ ।

रोचक कुरा त आफ्नो कोही प्रतिष्पर्धीनै छैन भन्दै चुनाव अघिनै गेम इज ओभर भन्ने एमाले उमेदवार केशव स्थापितले यस पटकको निर्वाचनमा नमिठो धक्का खान पुगे । २५ बर्ष अघिनै काठमाडौँको मेयर बनिसकेका स्थापित नमज्जासँग पछारिए पछि उनको हारका विषयमा पनि विभिन्न कोणबाट चर्चा चलिरहको छ ।

आफ्नो प्रतिष्पर्धीनै छैन औपचारिकताका लागी मात्रै भोट हाल्नु परेको हो भन्ने स्थापित दोस्रो पनि हुन सकेनन् उनी गठबन्धनकी उमेदवार सृजना सिंह भन्दा पनि पछि परे । उनका हारका विभिन्न कारणहरु होलान् तर प्रमुख कारण भने उनको आफ्नै बोली भएको भन्नेहरु प्रशस्त भेटिएका छन् ।

एमालेले केशव स्थापितलाई उमेदवार बनाए पछि काठमाडौँको नेशनल कलेजमा आयोजित एक कार्यक्रममा उनले दिएको अभिव्यक्तिनै उनको हारको प्रमुख कारण भएको भन्नेहरु धेरै देखिएका छन् । कार्यक्रममा सहभागी भएर प्रश्न गर्ने महिलाई उनले यु यार नाइस लेडी तर थुतुनो ठिक भएन भन्ने अभिव्यक्ति दिएका थिए । यहि शब्दनै उनका लागी महंगो परेको बताइन्छ ।

चुनावी अभियान भरिनै यहि शब्दका कारण उनीमाथी चार्ज लागीरहेको थियो । थुतुनो भन्ने शब्दनै धेरै प्रयोग गरेर आलोचकहरुले धेरै आलोचना गरेका थिए यति सम्मकी निर्वाचनमा पराजित भए पछि उनले लेखेको धन्यावाद ज्ञापनमा पनि यहि शब्दका कारण हार भएको भन्दै प्रतिक्रिया दिनेहरु धेरै देखिएका छन् ।

स्थापितले बोल्ने ढंग नपुर्याएको कारणनै ठूलो क्षती बेहोरेको राजनितीक विश्लेषक डा सुरेन्द्र केसीले पनि बताएका छन् । राजनितीक विश्लेषक डा केसीले भनेका छन् अरुको थुतुनोको आलोचना गर्दा स्थापितले आफ्नै थूतुनो बढि चलेको पत्तो पाएनन् त्यसैले यो दिन आयो ।

त्यसोत स्थापित चुनावी दौरानमा पटक पटक विवादित भएका थिए ।स्वतन्त्र उमेदवार बालेन शाह विरुद्ध उनले दिएको अभिव्यक्ति पनि उनलाई व्याक फायर भएको थियो । उनले शाहलाई फटाह र ठगको संज्ञा दिएका थिए । उनले त्यस्तो अभिव्यक्ति दिँदा पनि बालेनले भने स्थापित आफ्नो बुवा सरहको मान्छे भन्दै मतदाताको मन आकर्षित गरेका थिए ।

निर्वाचमा पराजय पछि भने स्थापित शान्त देखिएका छन् । परिणामलाई सहज रुपमा स्विकार गर्दै नवनिर्वाचित मेयर बालेन शाहलाई आफ्नो साथ रहने प्रतिवद्धता उनले व्यक्त गरेका छन् । रचनात्मक काममा सहयोग र खराब काममा खबरदारी गर्ने उनले बताएका छन् ।

प्रतिकृया दिनुहोस्