Monday, September 20

खुट्टा भाँचिएर आएकी बालिकालाई नवलपरासीमा स्वास्थ्यकर्मीले रेबिजको सुइ लगाइदिएपछि….

August 15, 2021 184

नवलपरासी (बर्दघाट सुस्तापश्चिम) को परासीमा अचम्म भएको छ । त्यहाँ खुट्टा भाँचिएर आएकी एक बालिकालाई स्वास्थ्यकर्मीले रेबिजबिरुद्धको खोप लगाइएको छ । यो घटना त्यहाँको पृथ्वीचन्द्र अस्पतालमा भएको हो ।

अस्पतालका प्रमुख चिकित्सक मोहम्मद नुरुल होदाले घटनाको पुष्टी गरेका छन् । उनले खुट्टामा चोट लागेर उपचारका लागि आएकी एक बालिकालाई स्वास्थ्यकर्मीले भूलवस रेबिजविरुद्धको खोप लगाइदिएको बताएका छन् ।

खुट्टामा प्लास्टर गर्नुपर्ने सुनवल नगरपालिका–९ की तीन वर्षीया बालिका प्रिया कंहारलाई स्वास्थ्यकर्मीले भने कु कु रले टो क्दा लगाइने खोप लगाइदिएको बालिकाका आफन्तले आरोप लगाएका छन् । बालिकाका आफन्तले स्वास्थ्यकर्मीले चरम लापरबाही गरी छोरीको स्वास्थ्यमाथि खेलबाड गरेको आरोप लगाए ।

अस्पतालमा कार्यरत स्वास्थ्य सहायक नितिशा कोइरालाले रेबिजविरुद्धको खोप लगाइरहेको लाइनमा बालिकाकी आमाले बालिकालाई पनि लगेकाले भुलवश रेबिजविरुद्धको खोप लगाइएको बताइन् । डा. होदाले कोठा अभावका कारण प्लास्टर गर्ने र खोप लगाउने कोठा एउटै रहेकाले खोप लगाउन आह्वान गर्दा प्लास्टरका लागि लाइनमा बसेकी बालिकाका अभिभावकले झुक्किएर खोप लगाउन ल्याएको र स्वास्थ्यकर्मीले पनि उसको पुर्जा नहेरी खोप लगाइदिँदा दुवै पक्षबाट गल्ती हुन पुगेको बताए । प्रतीकात्मक तस्वीर

प्रतिकृया दिनुहोस्