Wednesday, September 22

शिल्पा शेट्टीका छोरा बियानले शेयर गरे भावुक बनाउने फोटो !

August 15, 2021 206

बलिउड अभिनेत्री शिल्पा शेट्टी यतिबेला लाइमलाइटमा छिन् । उनको पति जेल पुगेपछि उनी मिडियामा छाएकी हुन् ।

शिल्पाले सोमबार सामाजिक सञ्जालमा आफ्नो बयान जारी गर्दै आफ्नो बच्चाको प्राइभेसी ख्याल गर्न आग्रह गरेकी थिइन् ।

यसैबीच मङगलबार उनको छोरा बियानले सामाजिक सञ्जालमा बुवा राज कुन्द्राको गिरफ्तार पछि पहिलो पोष्ट शेयर गरेका छन् ।

बियानले मंगलबार पहिलो पोष्ट शेयर गरेका हुन् । उनको एकाउण्ड हालै भेरीफाइड थिएन । बियानले जुन पोष्ट शेयर गरेका छन् त्यसमा आफ्नी आमा शिल्पा संगको फोटो कोलाज शेयर गरेका छन् ।

बियान आफ्नी आमा शिल्पालाई अंगालो हाल्दै किस गरिरहेको देख्न सकिन्छ ।

उनले मात्रै फोटो शेयर गरेका छन् कुनै क्याप्शन लेखेका छैनन् । बियानले यो पोष्ट आफ्नो इन्ष्टाग्राम प्रोफाइलको स्टोरीमा शेयर गरेका छन् ।

शिल्पाले सोमबार मात्रै आफ्नो बयान जारी गरेकी थिईन् । उनले आफ्नो बयानमा पछिल्ला दिनहरु हरेक प्रकार बाट एकदमै मुश्किलले बितिरहेको बताएकी थिईन् ।

उनले आफ्नो बारेमा मिडिया तथा शुभचिन्तकहरुले जसरी आरोप लगाईरहेका छन् मलाई मात्र नभएर परिवारलाई नै मुछेको भन्दै आक्रोश पोखेकी छिन् ।

उनले आफु चुप रहने तर आफ्नो छोरा छोरीको प्राइबेसीका लागि भए पनि चुप बस्न आग्रह गरेकी थिईन् । उनले आफुलाई भारतीय न्यायलय प्रति उच्च सम्मान र भरोसा रहेको भन्दै अदालत भन्दा बढि जान्ने नपल्टिन अनुरोध गरेकी छिन् ।

प्रतिकृया दिनुहोस्