Monday, June 27

अदालत बाट रुदै निस्किए पल शाह थुनामै राख्न उच्च अदालतको आदेश

June 8, 2022 627

जेठ १९ गते जुन दिन दरबार हत्या काण्ड भएको थियो। त्यो दिन सबै तिर खुसीयाली आउँछ भन्ने धेरैको आसा रहेको थियो। तर त्यो आस सबै निरासा मा परिणत भएको छ। जिल्ला अदालत तनहुँ र नवपरासी दुवै जिल्ला अदालतले गरेको फैसला लाईनै सदर गर्दै उच्च अदालत पोखराले कारागार चलान गर्न आदेश दिएसँगै नायक पल साह अदालतबाट रुँदै निस्किए।

पल साहका वकिलले माग गरेका ,धरौटीमा रिहा अथवा तारिखमा रिहा भै मुदा लड्ने कुरालाई समेत व्यवस्था गरी उच्च अदालत पोखराले कारागार चलान गर्न आदेश दिएको छ। जबरजस्ती करणीको आरोपमा पक्राउ परेका अभिनेता पल शाह ९पूर्णविक्रम शाह० लाई उच्च अदालत पोखराले पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको छ ।

उच्च अदालतका न्यायाधीशद्वय उज्वल शुक्ल र श्रीधराकुमारी पुडासैनीको संयुक्त इजलासले शाहलाई पुर्पक्षका लाथि थुनामा पठाउने तनहुँ अदालतकै फैसला सदर गरेको उच्च अदालत पोखराका उपरजिस्टार तथा सूचना अधिकारी विष्णुप्रसाद आचार्यले जानकारी दिनुभयो । नाबालिकालाई जबरजस्ती करणीको अभियोगमा तनहुँ कारागारमा पुर्पक्षका लागि थुनामा रहेका शाहले उच्च अदालत पोखरामा निवेदन दिएका थिए ।

शाहका तर्फबाट कानुन व्यवसायीले तनहुँ जिल्ला अदालतको थुनछेक आदेशविरुद्ध गएको मङ्गलवार निवेदन दिएका हुन् । तनहुँ जिल्ला अदालतको चैत १० को आदेशले शाहलाई पुर्पक्षका लागि जेल चलान गरेको थियो । यस्तै नेकपा एमालेकी सांसद गंगा चौधरी सतगौँवाले बलात्कारका मुद्दामा हदम्याद जायज भएको तर्क गर्नुभएको छ ।

बलात्कारसम्बन्धी मुद्दाको हदम्याद हटाउन सरकारकाले संसदमा पेस गरेको विधेयकका विषयमा बोल्दै आज सोमवार सांसद चौधरीले हदम्याद हटाएमा मुद्दाको चाङ लाग्ने जिकिर गर्नुभयो । उहाँले मन मिलुन्जेल प्रेम सम्बन्ध र मन नमिलेपछि बलात्कारका मुद्दा लगाउने प्रवृति बढेको बताउनुभयो ।

प्रतिकृया दिनुहोस्