Monday, June 27

महानायक राजेश हमालको बर्थ डे आज, कति बर्षका भए?

June 9, 2022 255

नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमाल आजबाट ५८ वर्षका भएका छन्।

महानायक हमालले आज आफ्नो जन्मदिन मनाइरहेका छन्। शुभचिन्तक तथा परिवारका सदस्यहरुले महानायक हमाललाई विभिन्न माध्यमबाट जन्मदिनको शुभकामना दिइरहेका छन्।

महानायक हमालको जन्म वि.सं २०२१ साल जेठ २५ गते पाल्पाको तानसेनमा भएको हो।

महानायक हमाल ३४ वर्षअघि ‘युगदेखि युगसम्म’बाट फिल्मी क्षेत्रमा प्रवेश गरेका थिए।

आजको दिनसम्म आइपुग्दा महानायक हमालले २ सय ७ वटा फिल्ममा अभिनय गरेका छन्। केही फिल्म छायांकनको तयारीमा छन्।

सेन्ट जेभियरमा ८ कक्षासम्म पढेका उनले विद्यालय स्तरिय शिक्षा मस्कोबाट उत्तिण गरेका हुन् भने उच्च शिक्षा (एम.ए अंग्रेजी) भारतको पञ्जाब विश्वविद्यालयबाट पूरा गरेका हुन्।

उनका पिता चुँडा बहादुर हमाल विभिन्न देशका लागि नेपालको तर्फबाट राजदुत भएका थिए। महानायक हमालले २०७१ सालमा प्रेमिका मधु भट्टराईसँग विवाह गरेका थिए।

प्रतिकृया दिनुहोस्