Saturday, September 18

मदनकृष्ण श्रेष्ठले ‘फुल बुट्टे सारी’ बोलको गीत गाएको सार्वजनिक (भिडियो)

February 16, 2021 325

काठमाडौँ, ४ फागुन । मदनकृष्ण श्रेष्ठले ‘फुल बुट्टे सारी’ बोलको गीत गाएका छन् । उनको स्वरमा तयार भएको गीत मङ्गलवार देवी थान युट्युबमार्फत सार्वजनिक गरिएको छ । मङ्गलवार बिहान सार्वजनिक भएको भिडिओमा मदनकृष्णको स्वरसँगै अभिनय पनि हेर्न पाइने भएको छ। लेजेन्डरी भर्जन भनिएको यस गीतको भिडियोमा अभिनेत्री मिथिला शर्मा र मदनकृष्ण जोडी बनेकी छन् ।

राजनराज शिवाकोटीको शब्द र संगीत रहेको गीत यसअघि मेल, फिमेल र चाईल्ड भर्जनमा सर्वाधिक लोकप्रिय भैसकेको छ । यसअघि सार्वजनिक भएको मेल भर्जनमा मार्मिक लामा, फिमेल भर्जनमा मिलन नेवार र चाइल्ड भर्जनमा आरिश्मा सिवाकोटीले स्वर दिएका थिए ।मदनकृष्ण कुशल अभिनेता मात्र नभई राम्रा गायक पनि हुन्। मदनकृष्णका अनुसार, नेपालभाषामा दर्जनौं रोमान्टिक गीत गाए पनि उनले नेपालीमा गाएका धेरैजसो गीत गम्भीर छन्। भिडिओ हेरौं :

प्रतिकृया दिनुहोस्