Tuesday, March 2

नेपालगञ्जमा राजा आउ देश बचाउको लाग्यो नारा

February 16, 2021 62

नेपालगञ्जमा राजसंस्था र हिन्दु राष्ट्र पुर्नस्थापनाको माग गर्दै प्रदर्शन भएको छ । मध्यपश्चिमाञ्चलवासी नेपाली जनताको आयोजनामा राजसंस्था र हिन्दु राष्ट्र पुर्नस्थापनाका पक्षमा मोटरसाइकल, कार तथा टयाक्टर जुलुस सहित प्रर्दशन गरिएको हो ।

जुलुसमा शिवसेना नेपाल, राप्रपा नेपाललगायत राजसंस्था र हिन्दु राष्ट्र पुर्नस्थापनाका पक्षधरहरुको बृहत सहभागिता रहेको थियो । नेपालगन्जको बागेश्वरी मन्दिर परिसरमा रहेको पार्कवाट सुरु भएको मोटरसाइकल, कार तथा टयाक्टर जुलुसले नेपालगन्ज नगर परिक्रमा गरेको थियो ।

नेपालको राष्ट्रिय झण्डा सहितको जुलुसमा सहभागिहरुले नेपाली जनता जागौ, राजा ल्याऔं देश बचाउँ, हिन्दु राष्ट्र घोषणा गर लगायतका नारा लगाएका थिए ।

कोणसभालाई शिव सेना नेपालका केन्द्रीय अध्यक्ष अनिल बाबा बस्नेत, नेपालगन्ज उपमहानगरपालिकाका मेयर डा. धवलशमसेर राणा लगायतले संबोधन गर्दै राष्ट्रिय एकता, अखण्डता र हिन्दु धर्मको जगेर्ना गर्नका लागि राजसंस्था र हिन्दु राष्ट्र पुर्नस्थापनामा जोड दिएका थिए ।

प्रतिकृया दिनुहोस्