Wednesday, September 22

प्रधानसेनापति र यूएन आवासीय प्रतिनिधिबीच भेटवार्ता

March 16, 2021 261

काठमाडौँ — प्रधानसेनापति पूर्णचन्द्र थापा र संयुक्त राष्ट्र (यूएन) संघीय आवासीय प्रतिनिधि सरा वेयसोलो न्यातीबीच मंगलबार भेटवार्ता भएको छ । सेनाका अनुसार उनीहरुबीच सैनिक मुख्यालय जंगीअड्डामा भेटवार्ता भएको हो ।

भेटवार्तामा यूएनमा नेपाली सेनाको सहभागितालगायत द्विपक्षीय महत्वका विषयहरुमा छलफल भएको सेनाले जनाएको छ ।
‘यस किसिमको भेटवार्ताले नेपाली सेना र संयुक्त राष्ट्र संघबीचको आपसी सम्बन्धलाई सुमधुर एवं प्रगाढ बनाउन थप मद्दत पुग्ने विश्वास नेपाली सेनाले दिएको छ,’ सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

प्रतिकृया दिनुहोस्