Saturday, October 16

मिल्ने भए बाबा, मेरै एक मुठी सास हजुरलाई दिने थिएँ : थापाकी छोरी ले रुँदै भनिन्

August 16, 2021 652

काठमाडौं ।

सानो पर्दाका लोक प्रिय कलाकार शम्भु राज थापाको स्वास्थ्य अवस्था बिग्रिएर भेन्टिलेटरमा राख्नु भन्दा एक दिन अघि कलाकार थापाकी छोरी अंशु थापाले सोमबार बुवाको हात समाउँदै गरेको तस्बिर फेसबुकमा शेयर लेखेकी छिन्“मिल्ने भए बाबा मेरै एक मुठी सास हजुरलाई दिने थिएँ ।

”उनको उक्त भावुक पोष्टमा धेरै जनाले शिघ्र स्वास्थ्यलाभको कामना गरेका छन् । सानो पर्दाका लोकप्रिय कलाकार शम्भूराज थापा पछिल्लो एक सातादेखि गम्भिर रुपले अस्वस्थ भएका छन् ।

कलाकार शम्भुराज थापा ‘बखते’को ललितपुरको पाटन अस्पतालमा उपचार भइरहेको छ । कोरोना सङ्क्रमण पुष्टि भएपछि १० दिन अगाडि अस्पताल भर्ना गरिएका थापाको स्वास्थ्यमा झन् जटिलता देखिएको कारण मंगलबार साँझबाट भेन्टिलेटरमा राखेर उपचार भइरहेको कलाकार तथा निर्देशक जीवन थापाले जानकारी दिए ।

‘१० दिन अगाडि अस्पताल भर्ना भएका थापाको मंगलबार दिनसम्म अवस्था सामान्य नै रहेको थियो’ जीवनले भने ‘मंगलबार साँझबाट श्वास प्रश्वासलगायत केही समस्या देखिएकोले उनलाई थप उपचारका लागि भेन्टिलेटरमा सारिएको हो ।’

पछिल्लो समय चर्चित सिरियल ‘हल्का रमाइलोमा’ बखते काका र ‘गोलमाल’मा खुइलीको बाको भूमिकामा देखिँदै आएका थापाले ‘भद्रगोल’, ‘मेरी बास्सै’ लगायत थुप्रै सिरियल, विज्ञापन चलचित्र, चलचित्र अभिनय गरेका छन् ।

प्रतिकृया दिनुहोस्