Monday, September 20

कारले स्कुटरलाई ठक्कर दियो : एक युवतीको मृत्यु, अर्की एक जना घाइते

August 16, 2021 263

झापामा कारले स्कुटरलाई ठक्कर दिँदा एक युवतीको मृत्यु भएको छ । झापा बाह्रदर्शी गाउँपालिका–७ सिमल चौकस्थित भित्री सडक खण्डमा भएको उक्त दुर्घटनामा धनुषा गणेशमान चारनाथ नगरपलिका घर भई हाल कङ्काईमाई नगरपालिका–८ डेरा गरी बस्ने ३२ वर्षीया सरस्वती मगरको मृत्यु भएको हो ।

आइतबार राति साढे १० बजेतिर कारको ठक्करबाट स्कुटरमा पछाडि सवार रहेकी मगरको मृत्यु भएको हो भने चालक बाह्रदर्शी गाउँपालिका–७ की २८ वर्षीया प्रमिता कार्की घाइते भएकी छन् ।

इलाका प्रहरी कार्यालय अनारमनीका अनुसार हिजो राति उत्तरतर्फ जाँदै गरेको प्रदेश–१ –०१–०१२ प १९४२ नम्बरको स्कुटरलाई प्रदेश १–०१–००१ च ७२७७ नम्बरको कारले पछाडिबाट ठक्कर दिएको थियो ।

उक्त दुर्घटनामा पछाडि सवार सरस्वती र चालक प्रमिता घाइते भएका थिए । घाइते उनीहरूलाई उपचारका लागि बिर्तामोडस्थित बिएन्डसी अस्पतालमा लगिएको थियो । तर अस्पताल पु¥याउन साथ सरस्वतीको मृत्यु भएको चिकित्सकले घोषणा गरेका थिए । यस्तै, प्रमिताको भने साही अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

दुर्घटना गराउने कार र चालक इलाम जोगमाई २ का २४ वर्षीय जङ्गबहादुर बस्नेत इलाका प्रहरी कार्यालय अनारमनीको नियन्त्रणमा रहेका छन् । यस विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिकृया दिनुहोस्