Thursday, December 2

माइतीसंग ऋण मागेर दुवई पठाएको श्रीमानले ‘म नेपालमै छु केटीले मलाई राख्यो ६ हजार पठाउ’ भनेर अचानक फोन गरे (भिडियो

March 14, 2021 223

मोरगंकी सपना अहिले २८ वर्षकी भइन् । पारिवारिक आर्थिक अवस्थाका कारण उनले पढ्न सकिनन् । त्यसैले उनी त्यहाँकै एक धागो उद्योगमा काम गर्न थालिन् । दुई चार पैसा भएपनि परिवारलाई सहयोग होला भनेर उनले काम थालेकी थिइन् । त्यही कामको शिलसिलामा उनको भेट हरि शंकर कर्माचार्यसंग भयो । उनीहरु दुवै जनाले एक अर्कालाई मन पराए । विवाह पनि भयो । विवाह भएको केही समय सम्म उनीहरुको सम्बन्ध राम्रै भयो । उनीहरुको छोरी जन्मियो ।

छोरी जन्मिएपछि अब ब्यवहार यत्तिकै चल्दैन पैसा कमाउनु पर्छ भनेर उनले श्रीमान हरिलाई विदेश पठाउने निर्णय गरिन् । उनले माइतीसंग हार गुहार गरेर पैसा मागिन् । श्रीमानलाई विदेश पठाइन् । उनीहरु केही समय निकै रमाए । श्रीमानले पैसा पनि पठाउन थाले । जिवन अब सहज हुन्छ भन्ने सोच्दै थिइन् तर उनको जिवनमा नसोचेको घटना भयो । अहिले श्रीमान नेपाल आएको उनले थाहा पाएकी छन् । तर घरमा भने आएका छैनन् ।सपना कार्की हुन् । क्षेत्री र हरि नेवार भएका कारण परिवारले स्वीकार गर्दैनकी भन्ने लागेको थियो । तर परिवारले उनीहरुलाई स्वीकार गरे अनि विवाह सम्भव भयो ।

त्यसरी विवाह गरेको श्रीमान अहिले सम्पर्क विहिन छन् । उनी आफ्नो जिवन विग्रिए पनि अब छोरीको भविष्य नविग्रियोस् भन्ने उनलाई लाग्छ । त्यसैले उनी छोरीको लागि बाबुको खोजीमा छन् । मलाई त उहाँको केही आश छैन तर छोरीको अधिकारका लागि म ल ड् न चाहन्छु । माइतीले घर जग्गा धितो राखेर श्रीमानलाई दुवई पठाएकी थिइन् । माइतीको ऋण पनि उनले तिरिदिएका छैनन् । अहिले उनी सम्पर्कमा छैनन् । लकडाउनको बेलामा माइतीले सहयोग नगरेको भए खान समेत नपाउने उनको भनाई छ ।

प्रतिकृया दिनुहोस्