Wednesday, April 14

रियल र सिटी क्वार्टरफाइनलमा

March 17, 2021 92

पेरिस — रियल म्याड्रिड र म्यानचेस्टर सिटीले मंगलबार युरोपेली च्याम्पियन्स लिगमा क्वार्टरफाइनलको यात्रा तय गरेका छन् । स्पेनी महारथी रियलले एटलान्टालाई अन्तिम १६ को दोस्रो लेगमा ३–१ ले हराउँदै समग्रमा ४–१ को अग्रता लिन सफल रह्यो ।

पछिल्ला तीन सिजनमा रियल अन्तिम आठमा पुगेको यो पहिलोपल्ट हो । उसको पछिल्लो जितमा करिम बेन्जेमा, सर्जियो रामोस र मार्को एसेन्सोले एकएक गोल गरे । सिरी ए टिम एटलान्टाका तर्फबाट लुइस मुरियलले एक गोल फर्काए ।
अर्को खेलमा इंग्लिस प्रिमियर लिग क्लब सिटीले जर्मन प्रतिद्वन्द्वी मुन्छेनग्लाडबाखलाई दोस्रो लेगमा २–० ले हराएर समग्रमा ४–० को अग्रता लियो । दोस्रो लेगमा केभिन डे ब्रुन र इलकयी गुन्डोगनले गोल गरे । सिटी युरोपेली क्लब फुटबलको सर्वोच्च प्रतियोगिताको अन्तिम आठमा पुगेको यो लगातार चौथो सिजन हो ।

प्रतिकृया दिनुहोस्