Thursday, June 24

दिनेशलाइ प्रहरीले सार्वजनिक गर्दा जे देखियो, हेर्नुहोस भिडियोमा

February 17, 2021 347

बैतडीको दोगडाकेदार गाउँपालिका–७ मा १७ वर्षीया भागरथी भट्टको घटनामा संलग्न दिनेश भट्टलाई प्रहरीले सार्वजनिक गरेको छ । भागरथी पढ्ने सनातन माध्यमिक विद्यालयको कक्षा ११ मा पढ्ने भट्टको प्रकरणमा संलग्नता पुष्टि भएपछि उनलाई प्रहरीले सार्वजनिक गरेको हो ।

सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख उत्तमराज सुवेदीले जिल्ला प्रहरी कार्यालय, बैतडीमा आयोजित पत्रकार सम्मेलनमा प्राप्त प्राविधिक प्रमाण, प्रत्यक्षदर्शी, साबिती बयान लगायतका आधारमा भट्टलाई पक्राउ गरिएको बताए ।

भट्टले प्रहरीसँग दिएको बयानमा प्रतिसोध साध्न भागरथीको ज्यान लिएको बताएका छन् । भागरथीको बुबाले आफ्नी फूपूलाई दु र्व्य वहा र गरेकाले उनको ज्यान लिएको भट्टले बताएको प्रहरीले जनाएको छ । घटनापछि उनी भागरथीको न्याय माग्दै भएको प्रदर्शनमा सहभागी भएका थिए । तर, उनको उनको व्यवहार भने परिवर्तन भएको नजिकबाट चिन्नेहरुले बताएको प्रहरीले जनाएको छ ।

बुधबार दिउँसो २ बजे जिल्ला प्रहरी कार्यालयमा पत्रकार सम्मेलन गर्दै प्रहरीले अभियुक्तलाई सार्वजनिक गरेको हो । दिनेश भट्ट भागरथी पढ्ने सनातन धर्म माविमा कक्षा ११ अध्ययनरत छन् ।

भागरथीका दाइ केशवराज भट्टले बुधबार बिहान आरोपी भट्टविरुद्ध किटानी जाहेरी दर्ता गराएका थिए । ‘अभियुक्तले आफूले गरेको बयान स्वीकारिसकेका छन्,’ डीआईजी सुवेदीले भने,’ उनलाई आजै अदालतमा उपस्थित गराएका छौं । अदालतले ५ दिन म्याद थप गरेको छ ।’ आरोपी दिनेशलाई प्रहरीले मंगलबार साँझ उनको घरबाटै नियन्त्रणमा लिएको थियो । हेरौ भिडियो:

प्रतिकृया दिनुहोस्