Wednesday, September 22

सांसद वलीले र वाईसीएल कार्यकर्ता बस्नेतको गालामा किस गरेको तस्विर भाइरल ! कसरी भयो गोप्य फोटो लिक ?

August 17, 2021 414

काठमाडौं ,१ भाद्र ।

केहिदिनअघि लुम्विनी प्रदेशका मुख्यमन्त्री कार्यालयको म’र्यादा र अनुशासनलाई मिचेर टिकटक बनाउदै नाच्दै गरेको एउटा भिडियो भाइरल बन्यो । मुख्यमन्त्री कार्यालयको प्रतिष्ठा र मर्यादालाई बिर्सिएर माओवादी कार्यकर्ताहरु मुख्यमन्त्री कार्यालयमै नांचगान गर्दै टिकटकमा मस्त बन्न थालेपछि चौतर्फी आलोचना भएको थियो। उक्त टिकटक काण्ड सेलाउन नपाउदै लुम्बिनी प्रदेशकी एक जना सांसदको अर्को काण्ड बाहिर आएको छ ।

लुम्बिनी प्रदेशकी सांसद विमला वली र वाईसीएल कार्यकर्ता एकराज बस्नेतको ‘निजी’ तस्बिर सामाजिक सञ्जालमा सार्वजनिक भएपछि एमाले र माओवादी पंक्तिमा खैलाबैला मच्चिएको छ । बस्नेत स्वयम्‌को फेसबुक स्टोरीमा देखिएको यो तस्बिर केही समयमा हटाइएको थियो ।

तस्बिरमा सांसद विमलाले बस्नेतलाई चुम्बन गरेकी छन् । विमलाको सिउँदोमा सिन्दूरसमेत रंगिएको छ । तस्बिरले उनीहरूबीच विवाह भइसकेको चर्चालाई बल पुर्‍याएको छ ।

विमला एमालेका तत्कालीन सांसद स्वर्गीय उत्तरकुमार वलीकी पत्नी हुन् । उत्तरको दुर्घटनामा निधन भएपछि उनलाई श्रीमानकै निर्वाचन क्षेत्रमा तत्कालीन नेकपाले उम्मेदवार बनाएको थियो । कांग्रेस नेता केशव आचार्यलाई पराजित गर्दै विमला सांसद बनेकी थिइन् ।

लुम्बिनी प्रदेशमा एमालेको सरकार ढाल्न निर्णायक बनेकी विमला कहिले माओवादी त कहिले एमाले बनेर चर्चामा छिन् । उनी माओवादी बनेपछि लुम्बिनी प्रदेशमा एमाले सत्ताच्यूत बनेको थियो । यसअघि बस्नेतसँगको घनिष्ट सम्बन्धकै कारण विमला माओवादीको सम्पर्कमा पुगेको र उनले ऋण तिर्न पैसा लिएको बताइएको थियो ।

वाईसीएल कार्यकर्ता बस्नेत भने उक्त तस्बिर कसरी आफ्नो फेसबुकमा देखियो भन्नेमा अनभिज्ञता दर्शाउँछन् ।उनले आफूहरूबीच बिहे भएको वा नभएको बारे प्रष्ट बताउन चाहेनन् । वाईसीएल नेता बस्नेत पनि विवाहित हुन् । उनको फेसवुक स्टोरीमा पोस्ट भएको तस्बिर अहिले हटाइएको छ । यस विषयमा सांसद वलीसँग प्रतिक्रिया लिन खोज्दा सम्पर्क भएन् ।

के थियो टिकटक काण्ड ?

लुम्बिनी प्रदपेशसभामा रहेका चार राजनितिक दलको गठबन्धनमा माओवादी केन्द्रका कुल प्रसाद केसीले प्रदेशको दोश्रो मुख्यमन्त्रीको रुपमा विहिबार सांझ अबेर मात्रै सपथ ग्रहण गर्दै कार्यभार सम्हालेका थिए। शुक्रवार मात्रै मुख्यमन्त्री कार्यालय गएका माओवादी कार्यकर्ताहरु मुख्यमन्त्री कार्यालयका निजी सचिवको सरकारी कार्यकक्षमै टिकटक बनाउंदै नांचगान गरेका थिए।

‘बगेको नदी सुकेको कहां छ र, जनयुद्ध हाम्रो रोकेको कहां छ र।’ बोलको गितमा माओवादी कार्यकर्ता शान्ति बराल नांचेर टिकटक बनाईरहंदा कार्यालयमा रहेका अरु कार्यकर्ताहरुले मुट्ठी उठाएर साथ दिईरहेका थिए।

मुख्यमन्त्री नियुक्त भएको दोश्रो दिनमै मुख्यमन्त्री कार्यालयलाई पार्टी संगठनको सम्पर्क कार्यालयको रुपमा परिणत गर्दै नांचगान गरिएको कार्यले मुख्यमन्त्रीको मात्र नभई लुम्बिनी प्रदेश सरकारकै गरिमामा आंच पुर्याएको भन्दै आलोचना भएको छ।

लेखक ऋषि आजाद मुख्यमन्त्री कार्यालयमा यसप्रकारको गतिविधि गरिनु अराजकता, अनुशासन हिन र अभद्रताको पराकाष्ठा भएको बताउंछन्। गठबन्धनको सहयोगमा मुख्यमन्त्री बनेको पहिलो दिनमै मुख्यमन्त्री जस्तो प्रदेशकै सबैभन्दा महत्वपूर्ण कार्यालयमा गरिएको यस प्रकारको गतिविधीले माओवादी कार्यकर्तालाई सत्ताको उन्माद कति रहेछ भन्ने स्पष्ट भएको उनले बताए।

बरालले मुख्यमन्त्री कार्यालयको निजी सचिवको कार्यकक्षमा नांचेको भिडियो आफ्नो टिकटकमा समेत सेयर गरेकी छन्। उनले सेयर गरेको उक्त भिडियोमा लुम्बिनी प्रदेश सरकार लेखिएको स्पष्ट देखिन्छ। सञ्चारकेन्द्र बाट साभार

प्रतिकृया दिनुहोस्