काठमाडौं ।
लोकगायक विष्णु खत्रीको लोकदोहोरी गीत ‘अस्पताल’ सार्वजनिक भएको छ । खत्रीको आफ्नै युट्युब च्यानलबाट शुक्रबार सार्वजनिक गरिएको सो गीतलाई २४ घण्टा नबित्दै ३३ हजार बढी पटक हेरिएको छ ।गीतमा गायक खत्री र गायिका शान्तिश्री परियारको स्वर छ । शब्द र सङ्गीतसमेत गायक खत्रीले नै दिएका छन्।
दिलीप रेग्मीको निर्देशन रहेको गीतको भिडियोमा मोडल सारिका केसी, विमल केसीलगायतको अभिनय रहेको छ । युवायुवतीबीचको वि;योगान्त प्रेमलाई गीत र भिडियोमा मा,र्मिकरूपमा चित्रण गरिएको छ । दुई दशकदेखि नेपाली लोकसङ्गीतमा क्रियाशील खत्रीले यसअघि सयौँ गीतमा स्वर दिइसकेका छन् ।नेपाली जनजीवनका भोगाइलाई गीतमार्फत जीवन्त ढङ्गले प्रस्तुत गर्न सफल गायक सर्जक खत्रीका ‘भरिया दाइ’, ‘कि ला,स चाहियो, कि सास चाहियो’, ‘जम्मु कश्मिरमा’, ‘नयाँ जमना’लगायतका गीत धेरै रुचाइएको थियो ।
खत्रीले हालै अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसका अवसरमा ‘महिला हिं,सा’ नामक गीतसमेत सार्वजनिक गरेका थिए । उक्त गीतले हालसम्म युट्युबमा ४३ हजार ‘भ्युअर्स’ बटुलेको बताइएको छ । यस गीत विभिन्न बिरामीको यथार्थ पी,डालाई शब्दमा समावेश गरेर ल्याएको गायक खत्रीले बताए ।
लोकगायक विष्णु खत्रीको लोकदोहोरी गीत ‘अस्पताल’ सार्वजनिक भएको छ । खत्रीको आफ्नै युट्युब च्यानलबाट शुक्रबार सार्वजनिक गरिएको सो गीतलाई २४ घण्टा नबित्दै ३३ हजार बढी पटक हेरिएको छ ।गीतमा गायक खत्री र गायिका शान्तिश्री परियारको स्वर छ । शब्द र सङ्गीतसमेत गायक खत्रीले नै दिएका छन् ।
दिलीप रेग्मीको निर्देशन रहेको गीतको भिडियोमा मोडल सारिका केसी, विमल केसीलगायतको अभिनय रहेको छ ।युवायुवतीबीचको वियोगान्त प्रेमलाई गीत र भिडियोमा मार्मिकरूपमा चित्रण गरिएको छ । दुई दशकदेखि नेपाली लोकसङ्गीतमा क्रियाशील खत्रीले यसअघि सयौँ गीतमा स्वर दिइसकेका छन् ।नेपाली जनजीवनका भोगाइलाई गीतमार्फत जीवन्त ढङ्गले प्रस्तुत गर्न सफल गायक–सर्जक खत्रीका ‘भरिया दाइ’, ‘कि लास चाहियो, कि सास चाहियो’, ‘जम्मु कश्मिरमा’, ‘नयाँ जमना’लगायतका गीत धेरै रुचाइएको थियो ।
खत्रीले हालै अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसका अवसरमा ‘महिला हिं,सा’ नामक गीतसमेत सार्वजनिक गरेका थिए । उक्त गीतले हालसम्म युट्युबमा ४३ हजार ‘भ्युअर्स’ बटुलेको बताइएको छ । यस गीत विभिन्न बिरामीको यथार्थ पी,डालाई शब्दमा समावेश गरेर ल्याएको गायक खत्रीले बताए ।
प्रतिकृया दिनुहोस्