Wednesday, April 14

४० वर्ष भारतको जेलमा रहेका दीपकलाई रिहा गर्न आदेश

March 18, 2021 75

बिना अदालती प्रक्रिया ४० वर्षदेखि भारतीय जेलमा रहेका इलामका दुर्गाप्रसाद तिम्सिनालाई रिहा गर्न कलकत्ता उच्च अदालतले आदेश दिएको छ। कलकत्तास्थित नेपाली महावाणिज्यदूत ईश्वरराज पौडेलका अनुसार बुधबार उच्च अदालतले दुर्गाप्रसादलाई आफन्तको जिम्मा लगाउन आदेश दिएको हो।

मुख्य न्यायाधीश थोटथिल बी राधाकृष्णन् र न्यायाधीश अनिरुद्र रोयको इजलासले बुधबार साँझ तिम्सिनालाई रिहा गर्न आदेश दिएको हो । उनी सन् १९८१ मा ज्या न लि एको अभियोगमा दार्जिलिङ जेल परेका थिए । उनलाई सन् २००५ मा दार्जिलिङबाट अलिपुरद्वार जेल हुँदै कोलकाता सेन्ट्रल जेल पुर्‍याइएको थियो ।

अदालतले दीपकलाई अझै कारागारमा राख्नुको नपर्ने उल्लेख गर्दै दीपकलाई नजिकको आफन्त प्रकाशचन्द्र तिम्सिनाको जिम्मा लगाउन भनेको छ । अदालतले दुर्गाप्रसादको मानसिक स्वास्थ्य ९ वर्ष ९ महिनाको व्यक्तिको जस्तो पाइएको उल्लेख गरेको छ । र, दीपकलाई अझै थुनामा राखेर न्यायको कुनै उद्देश्य पूरा हुन्छ भन्ने नलागेको अदालतले भनेको छ।

आमा र दुर्गाक भाइ
इलामको माई नगरपालिका–१० बाट दुर्गाप्रसाद १९ वर्षको छँदा तोरी बेच्न भन्दै मंगलबारे गएका थिए । त्यहाँबाट आएको पैसा लिएर उनी काम खोज्दै दार्जिलिङ पुगेका थिए ।

दीपकलाई १९८१ मा दार्जिलिङमा भएको ह’ ‘त्या आरोपमा गिरफ्तार गरिएको थियो । वकिल अम्बरीश नाग विश्वासका अनुसार दीपक कामको खोजीमा दार्जिलिङ पुगेका थिए ।त्यहाँ उनी चिया बगानमा काम गर्थे । त्यहाँ रहँदा कोही व्यक्तिले उनलाई नोकरी दिने तर त्यसको ब’दलामा एकजनाको ह’ ‘त्या गर्नुपर्ने प्रस्ताव ल्याए ।

दिपकले ह’ ‘त्या गरे र उनी पक्रिए । त्यतिबेला देखि उनी जेलमा छन् । प क्रिएर पनि उनलाई कुनै अदालतमा पेश गरिएन । विभिन्न जेलमा सार्दासार्दै दीपकले जेलमै ४० वर्ष बिताए । अदालतले पटक पटक दीपकको मा’न’सिक अवस्थाको रिपोर्ट अदालत पेश गर्न भने पनि कहिल्यै पेश गरिएको थिएन ।

फ्रेवुअरीमा नन्दीग्रामबाट माओवादीको आरोपमा गिरफ्तार गएिका राधेश्याम दासको सहायतामा दीपकको घर पत्ता लागेको हो । राधेश्याम दास दमदम जेलमा नै थिए । राधेश्यामले २०१६ मा पनि दीपकलाई जेलमा नै भेटेका थिए ।दासले दीपकसँग कुरा गर्न चाहेपनि भाषाका कारण सम्भव भएन । दीपकले कापीमा आफ्नो बुबा आमा र स्कुलको नाम लेखेका थिए । त्यसपछि उनको घर पत्ता लागेको हो ।

लामो समयसम्म दुर्गाप्रसाद घर नआएपछि आफन्तले खोजी थाले। त्यतिबेला अहिलेजस्तो हातहातमा मोबाइल थिएनन्। प्रहरीलाई खबर गरे। आफन्तलाई भने। कहीँबाट पनि उनी कहाँ छन् भन्ने मेसो पाउन सकिएन।

‘त्यतिबेला दार्जिलिङमा गोर्खाल्यान्डको आन्दोलन चलिरहेको थियो। त्यहाँ कतै आन्दोलनमा मर्नुभयो होला भन्ने सोच्यौं,’ प्रकाशचन्द्रले भने,‘मरेको टुंगो नभएकाले कुनै दिन फर्किनुहुन्छ कि भनेर काजकिरिया भने गरेका थिएनौं।’

देशभित्र कहीँ नभेटिएपछि अरू आफन्तले उनलाई बिर्सिए। भाइबहिनी पनि आफूले सकेजसरी जीवन चलाउन थाले। विदेशी भूमिमा दुर्गाप्रसादबारे बोलिदिने कोही भएन। उनलाई कहिले दार्जिलिङ, कहिले बहरमपुर जेल, कहिले अलिपुर जेल त कहिले मनोरोग चिकित्सालय हुँदै उनी दमदम केन्द्रीय जेलमा पुगेका रहेछन्।

प्रतिकृया दिनुहोस्