Sunday, October 17

२६ वर्षीय बुलबहादुरले ७८ बर्षिया एक वृद्धालाई…..

March 18, 2021 160

गलकोट ः अठहत्तर वर्षीया एक वृद्धालाई कर ‘णी ग ‘रेको क’सुरमा जिल्ला अदालत बागलुङले जिल्लाको गलकोट नगरपालिका–१ का २६ वर्षीय बुलबहादुर विकलाई तीन वर्ष छ महिना कैद सजायको फैसला सुनाएको छ ।

जिल्ला अदालत बागलुङका न्यायाधीश वासुदेव न्यौपानेको मङ्गलबारको एकल इजलासले कसुर ठहर गर्दै कर ‘णी उ’द्योग कसुरमा आरोपितलाई तीन वर्ष छ महिना कैदसहित पी’डितलाई रु २५ हजार क्ष’तिपू’र्तिको फैसला गरेको जिल्ला अदालत बागलुङका सूचना अधिकारी सूर्यप्रसाद भण्डारीले बताउनुभयो ।

पी’डित वृ’द्धालाई आरोपित विकले २०७६ भदौ २ गते कर णी ग र्ने प्रयास गरेको भन्दै पी डित पक्षले भदौ ४ गते जिल्ला प्रहरी कार्यालय बागलुङमा उजुरी दिएका थिए ।

त्यसलगत्तै प्रहरीले आरोपितलाई सोही दिन गि’र’फ्तार गरेको थियो । प्रहरीले अनुसन्धान पूरा गरी जिल्ला सरकारी वकिलको कार्यालयमार्फत २०७६ भदौ २६ गते जिल्ला अदालत बागलुङमा कर णी उद्योग अभियोगमा मु द्दा दर्ता गरेको थियो ।

प्रतिकृया दिनुहोस्