Wednesday, April 14

बार्यन म्युनिख च्याम्पियन्स लिगको क्वाटरफाइनलमा

March 18, 2021 67

एजेन्सी, ५ चैत । साविक विजेता जर्मन क्लब बायर्न म्युनिख युइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

बुधबार राति इटालियन प्रतिद्वन्द्वी लाजियोलाई २–१ ले तथा समग्रमा ६–२ को जित निकाल्दै बायर्नले अन्तिम आठमा स्थान पक्का गरेको हो ।पहिलो लेगमा बार्यनले ४–१ को जित दर्ता गरेको थियो ।

घरेलु मैदानमा भएको दोस्रो लेगमा बुधबार राति बार्यनका लागि रोबर्ट लेवान्डोस्की र चोउपो–मोटिङ्गले एक–एक गोल गरे । लाजिओका लागि पारोलोले एक गोल फर्काएका हुन् ।

लेवान्डोस्कीले ३३ औँ मिनेटमा पाएको पेनाल्टीमा गोल गरेका हुन् । यस्तै मोटिङ्गले ७३ औँ मिनेटमा गोल गरे । पारोलोले ८२ औँ मिनेटमा एक गोल फर्काए पनि हार टार्न सकेनन् ।

प्रतिकृया दिनुहोस्