Monday, June 14

बीमा कम्पनीले माग्यो मृत्युको प्रमाणपत्र, लाश लिएर अफिसमा पुगे आफन्त

January 18, 2021 187

बीमाको भुक्तानी विमा कम्पनीहरुले नदिएका समाचार बेला बखतमा सार्वजनिक हुने गरेका छन् । नेपालमा पछिल्लो समय कोरोना बीमा गरेकाहरुको बिमाको रककम्पनीहरुले भुक्तानी नगरेको भन्दै विरोधसमेत भएकोथियो तर यो घटना नेपालको भने होइन ।

दक्षिण अफ्रिकामा जीवन बीमाको दाबी भुक्तानी माग्न जाँदा बीमा कम्पनीले मृत्युको प्रमाणपत्र माग गरेपछि मृतकका आफन्तले विमितको शव नै बोकेर बीमा कम्पनीको कार्यालय पुगेका छन् ।

४६ वर्षका सिफिसो जस्टिस म्हेल्गोको मृत्यु गत ७ नोभेम्बरमा भएको थियो । उनले जीवित छँदा आफ्नो जीवन बीमा गरेका थिए । त्यसैले उनको मृत्युपछि उनका परिवारजन बीमा दाबी भुक्तानी माग गर्दै बीमा कम्पनीको अफिसमा पुगे ।

तर बीमा कम्पनीचाहिँ सिफिसोको मृत्यु भएको पत्याउन तयार भएन । बीमा कम्पनीका कर्मचारीले उनको मृत्यु भएको प्रमाण पेश गर्न निवेदकलाई आग्रह गरे । त्यसपछि मृतक सिफिसोका परिवारजन उनको मृत्युको प्रमाणको रुपमा उनकै लाश बोकेर बीमा कम्पनीको कार्यालयमा पुगे ।**भिडियो हेर्न तल क्लिक गर्नुहोला **

प्रतिकृया दिनुहोस्