Tuesday, October 26

अभिनेता खगेन्द्र लामिछाने दम्पतीलाई पुत्री लाभ

August 18, 2021 211

अभिनेता खगेन्द्र लामिछाने र उनकी पत्नी रोजिना सिटौलालाई पुत्री लाभ भएको छ ।

उनकी धर्मपत्नी रोजिनाले बुधवार बिहान करिब ९ बजे सन्तानलाई जन्म दिएकी हुन् ।

पहिलो सन्तानको बाबु बनेका खगेन्द्रले खुसी व्यक्त गर्दै सामाजिक सञ्जाल मार्फत बाबु बनेको जानकारी दिएका हुन् l फोटो सेयर गर्दै खगेन्द्रले लेखेका छन्,’यस संसारमा तिमीलाई स्वागत छ छोरी ।’

विभिन्न सामाजिक सञ्जालमार्फत उनका शुभचिन्तकहरूले खगेन्द्रलाई बधाई दिइरहेका छन् । उनलाई बधाई दिनेको ओइरो लागेको छ। खगेन्द्रलाई सिने पाटी परिवारको तर्फ बाट पनि धेरै धेरै बधाई !sorce ktmdainik

प्रतिकृया दिनुहोस्