Saturday, July 24

सुशिल श्रेष्ठको ‘माइतीको आँगन’मा उषा र बिनोद (भिडियो)

March 18, 2021 161

काठमाडौं, ५ चैत । गायक सुशिल श्रेष्ठ ‘जुजु’को नयाँ गीत ‘माइतीको आँगन’ सार्वजनिक भएको छ । बैंशालु उमेरमा जानेर–नजानेर प्रेम गर्ने एक जोडी प्रेम रोमान्समा डुबेको कथा गायक श्रेष्ठको गीतमा देख्न सकिन्छ ।

दीपक शर्माको शब्द संगीत सिर्जनामा तयार पारिएको उक्त गीतमा पछिल्लो उषा उप्रेती र बिनोद बस्नेतको जीवन्त अभिनय देख्न सकिन्छ । आचार्य गोपालको निर्देशनमा तयार भएको भिडियोमा प्रेमीले रमाइलो गर्दै जिन्दगी जिउने, लामो समय माइती घरमा बस्न नहुने बताउँदै आफ्नो प्रेमिकालाई फकाएको दृश्य निकै रोमान्टिक छ ।

प्रेमीले दोबाटोमा प्रेमिकालाई कुरेर बसेको र उडेर आउन गरेको आग्रहलाई उषा उप्रेतीले सहर्ष स्वीकारेकी दृश्य रोमान्टिक छ ।

रोमान्टिक जन्रामा ब्यंग्यात्मक शैलीमा तयार पारिएको भिडियोमा दिदीको प्रेमको सुइको पाएका भाईले दिदीलाई प्रेमी पाउन गरेको सहयोगलाई पनि निर्देशक आचार्य गोपालले कलात्मक शैलीले प्रस्तुत गरेका छन् ।उदयराज पौडेलको एरेन्ज रहेको गीतमा उषा र बिनोदका अलावा काजी बहादुर श्रेष्ठ, आयुष रिजाल, जीवन तामाङ, कान्छी नगरकोटीको अभिनय देख्न सकिन्छ । उत्सब दाहालको छायाङकन रहेको गीतको कलर र सम्पादन विकाश दाहालको रहेको छ ।

पछिल्लो समयका चर्चित निर्देशक प्रकाश धिताल क्रियटिभ निर्देशक रहेको गीतको निर्माताका रुपमा सरोज श्रेष्ठ रहेका छन् । गायक ‘जुजु’को यसअघि ‘सुनन’ बोलको गीतले चर्चा कमाएको थियो ।

प्रतिकृया दिनुहोस्