Friday, July 23

सुतिरहेका दम्पती खाटसहित बेपत्ता, घटनामाथि अनुसन्धान सुरु

March 18, 2021 148

महोत्तरी, ५ चैत । सुतेको अवस्थामै बेपत्ता भएका झा दम्पतीको घटनामाथि अनुसन्धान सुरु भएको छ ।महोत्तरी पिपरा गाँउपालिका ५ का मोसाफिर झा र उनकी ६० वर्षीया श्रीमती गीतादेवी घरमा सुतेको ठाउँबाट खाटसहित बेपता भएका सम्बन्धमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोलीले अनुसन्धान सुरु गरेको जनाएको छ ।

बिहीवारदेखि सीआईबीको टोलीले घटनास्थललगायतका स्थानमा अनुसन्धान थालेको हो । जिल्ला प्रहरी कार्यालय महोत्तरीका अनुसार यसअघि बेपत्ता झा दम्पतीको खोजीमा प्रहरीले ५० भन्दा बढीलाई नियन्त्रणमा लिइ अनुसन्धान गरिसकेो छ ।

प्रतिकृया दिनुहोस्