Saturday, October 16

गायक प्रकाश सपुतले परिवार सहित गएर किने नयाँ कार, (भिडियो सहित)

August 18, 2021 422

गलबन्दी च्यातियो तिम्ले तानेर’ गितबाट देशविदेशमा परिचित भएका गायक प्रकाश सपुतले आफ्नो पहिलो कार खरिद गरेका छन । उनको ‘दोहोरी ब्याटल’, ‘बोल माया’, ‘गलबन्दी’, ‘बदला बरिलै’ हुँदै ‘मेरो पनि होइन र यो देश ?’ गित सुपरहिट नै बने ।

उनै गायक सपुतले ४९ लाख रुपैयामा सेतो कालो कलरको हुन्डाई क्रेटा खरिद गरेका हुन् । आज सम्म मोटरसाइकलमा यात्रा गर्ने गायक सपुतले दमदार कार किनेपछि शोरुमबाट बुबाआमा, श्रीमती छोरी लगायतलाई चढाएर सिधै दक्षिणकाली मन्दिर दर्शनमा लागेका थिए । छोराले कार किनेपछि बुबाआमाले आफुहरु निक्कै खुसि भएको बताएका छन ।

केहि वर्ष अगाडी काठमाडौँ छिरेका गायक सपुतले धेरै समय अरु सर्बसाधारण झैँ सार्बजनिक यातायातमा यात्रा गरे । बल्ल तल्ल दोहोरी साँझमा काम पाएका उनले दोहोरी साँझमा काम गरेको दुईतिन वर्षपछि ‘सेकेन्ड ह्याण्ड’ स्कुटर किनेका थिए ।

अझै मेहेनत गरेर त्यसको केही वर्ष उनले ‘सेकेन्ड ह्याण्ड’ मोटरसाईकल किनेका सपुतले अन्तत आफ्नो सपनाको कार किन्न सफल भएका छन । गाडी किनेपछि गायक सपुतले खुसि साट्दै सामाजिक संजालमा लेखेका छन – ‘सपना, संघर्ष, सिर्जना, सफलता मेरो ! साथ, सहयोग, शुभेच्छा तपाईहरुको । सपना देख्नेहरुलाई हौसला हुनसक्छ – “ कलाकार मात्रै भएर पनी कार चढ्न सकिन्छ है। “ जिवनको पहिलो गाड़ी ।’ जीवनको पहिलो कार खरिद गरेपछि उनले आफ्नो युट्युब च्यानलमा एउटा भिडियो समेत बनाएर राखेका छन ।

प्रतिकृया दिनुहोस्