March 17, 2021 422
एजेन्सी, ४ चैत। भारत एक नेपाली महिलाको गोली हानी हत्या गरिएको छ ।भारतको राजधानी नयाँ दिल्लीमा बुधबार ४५ वर्षीया मीना नाम गरेकी नेपाली महिलाको गोली हानी हत्या गरिएको जनाइएको छ।
उत्तरी दिल्लीको तिमारपुरमा बसोबास गर्दै आएकी मीनालाई मोटरसाइकलमा सवार आक्रमणकारीले गोली हानी हत्या गरेको भारतीय प्रहरीले बताएको छ ।
नयाँ दिल्लीमा पानी, स्न्याक्स र कोल्ड ड्रिंक्सको व्यापार गर्दै आएकी मीनालाई बिहान सात बजेतिर हत्या गरिएको जनाइएको छ ।
मीनालाई अस्पताल पुर्याएको थियो । उनलाई अस्पतालका चिकित्सकले मृत घोषित गरे । आक्रमणकारीहरु मोटरसाइकलमा भागेको र त्यहाँका प्रहरीले उनीहरुको खोजी गरिरहेको बताएको छ ।
प्रतिकृया दिनुहोस्