Tuesday, October 26

अमेरिकामा फेरि अर्का नेपाली चालकमाथि यात्रुद्वारा आक्रमण ! (भिडियोसहित)

March 19, 2021 253

काठमाडौँ, ६ चैत । सानफ्रान्सिस्कोमा नेपाली उवर चालक शुभाकर खड्कामाथि महिला यात्रुहरूले आक्रमण गरेको घटना नसेलाउंँदै न्युयोर्कमा फेरि नेपाली लिफ्ट चालक कुटिएका छन् ।

स्थायी घर बाग्लुङ भएका ३० वर्षीय लिफ्ट चालक आशीष सापकोटा मंगलबार साँझ न्युयोर्कको क्वीन्समा कुटिएका हुन् । दुईजना यात्रुलाई ‘पिकअप’ गरेर क्वीन्सको जमैकातर्फ जाँदै गर्दा सापकोटामाथि आक्रमण भएको हो ।

एकजना पुरुष र एकजना महिला गाडीमा बसेपछि एक-आपसमा झगडा गर्न लागेको र पुरुषले महिलालाई कुटपिट गर्न थालेपछि असुरक्षित महसुस गरेर सापकोटाले ९११ मा कल गरी प्रहरी बोलाएका थिए ।

त्यसपछि पुरुष यात्रुले फोन खोसेर सापकोटामाथि आक्रमण गरेका हुन् । ती यात्रुले चालक सापकाेटामाथि कुटपिट गरे । त्यसपछि एम्बुलेन्समार्फत सापकोटालाई न्युयाेर्कस्थित जमैका अस्पताल लगिएको थियो । सापकोटाको मुख र कानमा चोट लागेको छ । सापकोटाले अमेरिकामा एकमहिनादेखि लिफ्ट चलाउँदै आएका थिए ।

चालक सापकाेटाकाे उजुरी न्युयाेर्क प्रहरीमा पुगेपछि अहिले प्रहरीले घटनाकाे अनुसन्धान थालेकाे छ ।

प्रतिकृया दिनुहोस्