Saturday, September 18

एक मनी एक्सचेन्जबाट पैसा पठाउँदा एकजना नेपालीले एक किलो सुन उपहार पाए

March 19, 2021 204

यहाँको एक मनी एक्सचेन्जबाट पैसा पठाउँदा एकजना नेपालीले एक किलो सुन उपहार पाएका छन् । अल अहलिया एक्सचेन्ज मार्फत पैसा पठाउँदा इलाम ४ जमुनाका नरेन्द्र मगरलाई एक किलो सुन उपहार परेको छ ।

गएको १६ मे बाट १४ जुलाईसम्म चलाइएको समर सरप्राइज अफर अन्तर्गत पैसा पठाउनेमध्ये एक जनालाई मेघा ड्र मार्फत एक केजी सुन उपहारको व्यवस्था गरिएको थियो ।आइतबार भएको ड्र मा २ वर्षदेखि युएईको ट्रान्सगार्ड कम्पनीमा वेटरको रुपमा कार्यरत नरेन्द्रलाई उपहार परेको एक्सचेञ्जका अपरेसन हेड कमल सुब्बाले उज्यालोलाई जानकारी दिनुभयो ।

आबुधाबीको इलेक्ट्रा शाखामा स्थानीय प्रशासनका प्रतिनिधिको उपस्थितिमा कम्प्युटर प्रणाली मार्फत लक्की ड्र गरिएको थियो । नरेन्द्रले गएको १२ जुनमा बरदुबईमा रहेको एक्सचेन्जको शाखाबाट सात सय दिर्हाम नेपाल पठाएकाे एक्सचेन्जका नेपाल प्रमुख बेनीमाधब ढकालले बताउनुभयो

प्रतिकृया दिनुहोस्