Monday, September 20

पछिल्लो समयकी अति बोल्ड नायिका कङ्गना राणावतलाई लाग्यो ठूलो झड्का

August 19, 2021 449

काठमाडौं । बलिउड अभिनेत्री कङ्गना राणावत गम्भीर समस्यामा फसेकी छिन् । उनी सधैं समाचारमा आउने गर्छिन् । हालै उनले आफ्नो इन्स्टाग्राम अकाउन्ट ह्याक भएको जानकारी दिएका हुन् ।

कङ्गनाले आफ्नो इन्स्टाग्राम स्टोरीमा एउटा पोस्ट गर्दै यस्तो जानकारी दिइन् । पोस्टमा उनले आफ्नो इन्स्टाग्राम एकाउन्टमा शंकास्पद लिंक आएपछि खोल्न खोज्दा अकाउन्ट ह्याक भएको जानकारी दिएकी छिन् ।

त्यसपछि उनले इन्स्टाग्रामका मानिसहरुलाई फोन गरेर आफ्नो अकाउन्ट फिर्ता ल्याउन सफल भएकी हुन् । उनका अनुसार तालिबानबारे गरिएको पोस्टपछि उनको अकाउन्ट ह्याक भएको थियो ।

उनले लेखेकी छिन्, ‘हिजो राती मैले इन्स्टाग्राम अलर्ट पाएँ कि कसैले चीनबाट मेरो खाता ह्याक गर्न खोज्दैछ । अलर्ट अचानक बन्द भयो र आज बिहान तालिबानको बारेमा गरिएका मेरो सबै स्टोरीहरु हराएका थिए ।

मेरो खाता बन्द थियो । मैले इन्स्टाग्रामका मानिसहरुलाई फोन गरेपछि पहुँच पनुः प्राप्त गर्न सक्षम भएँ, तर जतिसक्दो चाँडो म केहि लेख्नको लागी कोशिश गरीरहेछु, मँ बारम्बार खाता लगआउट गर्दैछु ।

मैले यो स्टोरी लेख्नको लागी मेरी बहिनीको फोन लिनु परेको थियो, किनकि मेरो खाता उसको फोनमा पनि खुलेको छ ।

यो एउटा ठूलो अन्तर्राष्ट्रिय षड्यन्त्र हो ।’ गत मार्चमा कङ्गनाको ट्विटर खाता पनि ट्विटर द्वारा सदाका लागि निलम्बित भएको थियो ।

प्रतिकृया दिनुहोस्