Wednesday, September 22

दुई दिन देखि बढेरहेको सुनको भाऊ नसोचेको तरिकाले घट्यो , तोलाको कति ?

March 19, 2021 177

साताको अन्तिम कारोबार दिन शुक्रबार सुनको भाउ ओरालो लागेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार लगातार २ दिन बढेको सुनको भाउ आज तोलामा ५०० रुपैयाँले घटेको हो।

यो गिरावटसँगै आज प्रतितोला फाइन गोल्ड ८६ हजार ७०० रुपैयाँ र तेजाबी गोल्ड ८६ हजार २५० रुपैयाँ कायम भएको छ।हिजो बिहीबार सुनको भाउ तोलामा ३०० रुपैयाँ बढेको थियो।

यो दिन प्रतितोला फाइन गोल्ड ८७ हजार २०० रुपैयाँ र तेजाबी गोल्ड ८६ हजार ७५० रुपैयाँमा कारोबार भएको छ।

गत बुधबार तोलामा ३०० रुपैयाँ बढेको सुनको भाउ सोमबार र मंगलबार भने स्थिर रहेको थियो।

आज चाँदीको भाउ पनि तोलामा १५ रुपैयाँ घटेर १ हजार २७५ रुपैयाँ कायम भएको छ। हिजो बिहीबार तोलामा २० रुपैयाँ बढेर चाँदी १ हजार २९० रुपैयाँमा कारोबार भएको थियो।

प्रतिकृया दिनुहोस्