Wednesday, September 22

सम्पर्कविहीन दिपेशलाई खोजिदिन परिवारको आग्रह

March 19, 2021 211

चितवन, ६ चैत । भरतपुर महानगरपालिका वडा नम्वर ११ निवासी दिपेश खनाललाई खोजिदिन परिवारले आग्रह गरेका छन् ।

२१ बर्षीय खनाल गत फागुन २५ गतेदेखि बुटवलको नया गाँउबाट हराएको र हालसम्म पनि सम्पर्कमा नआएपछि उनको खोजी गरिदिन परिवारले आग्रह गरेको हो ।

उनी फागुन २५ गते अपरान्ह ४ बजेदेखि सम्पर्क विहीन भएका थिए । यस विषयमा जिल्ला प्रहरी कार्यालयमा समेत निवदेन दिएको बाबु दिपक खनालले जानकारी दिए ।

निवेदन दिएको लामो समय भइसकदापनि दिपेश फेला परेका छैनन् । छोरा हराएको यतिका दिन वितिसक्दा पनि फेला नपरेको भन्दै छोरालाई कसैले कहिकतै फेला पारे प्रहरी कार्यालयमा सम्पर्क राख्न समेत परिवारको आग्रह छ ।

दिपेशलाई भेट्ने महानुभावले नजिकैको प्रहरी चौकी या परिवारको सम्पर्क नम्वर ९८५५०५९७८२ र ९८४७१९६३५४ मा सम्पर्क गर्न आग्रह गरेका छन् ।

प्रतिकृया दिनुहोस्