Sunday, October 17

अचानक महान्यायाधिवक्ता अग्निप्रसाद खरेलले राजिनामा दिएपछि, महान्यायाधिवक्तामा अधिवक्ता रमेश बडाल नियुक्त

March 19, 2021 230

काठमाडौं – महान्यायाधिवक्ता अग्निप्रसाद खरेलले आफ्नो पदबाट राजीनामा दिएका छन् । उनले आज महान्यायाधिवक्ताको कार्यालयमा पत्रकार सम्मेलनको आयोजना गरी पदबाट राजीनामा दिएको जानकारी दिएका हुन ।

प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले २०७४ फागुन ८ गते उनलाई महान्यायाधिवक्ता पदमा नियुक्त गरेका हुन । प्रधानमन्त्रीसँग आफूले सल्लाह गरेर नै राजनीनामा दिएको र आगामी दिनमा आफू सक्रिय राजनीतिमा क्रियाशील रहने उनले बताए ।

उनले राजिनामा दिएसंगै अधिवक्ता रमेश बडाल महान्यायधिवक्तामा सिफारिस भएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो मुख्य कानुनी सल्लाहकार महान्यायधिवक्ताका लागि बडाललाई सिफारिस गरेको बताइएको छ ।

अधिवक्ता वडालले अनौपचारिक जानकारी आफूले त्यसबारे पाएपनि औपचारिक जानकारी प्राप्त भइनसकेको बताए । महान्यायाधिवक्ता अग्नी खरेलले दिएको राजिनामा आज शुक्रबार स्वीकृत भएपछि सो पदमा बडाल सिफारिस भएका हुन् ।

प्रतिकृया दिनुहोस्