Saturday, July 24

३ हजार १६१ जनाको पीसीआर परीक्षण गर्दा मुलुकमा १२५ जना संक्रमित थपिए

March 19, 2021 186

काठमाडौं, ६ चैत । मुलुकमा थप १ सय २५ जनामा कोरोना भाइरस कोभिड–१९ संक्रमणको पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ३ हजार १६१ जनाको कोरोना परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशका विभिन्न भागमा १ सय २५ जना संक्रमित थपिएसँगै नेपालमा संक्रमितको कुल संख्या २ लाख ७५ हजार ७५० पुगेको छ । जसमा महिलाको संख्या ९६ हजार ८०५ (३५.११ प्रतिशत) र पुरुषको संख्या १ लाख ७८ हजार ९४५ जना (६४.८९ प्रतिशत) रहेको छ ।

पछिल्लो २४ घण्टामा १ सय २३ संक्रमित निको भए, १ को मृत्यु

कोरोना भाइरस कोभिड–१९ को संक्रमणबाट पछिल्लो २४ घण्टामा देशभर १ सय २३ जना निको भएर घर फर्किएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरबाट १ सय २३ जना निको हुँदा डिस्चार्ज हुनेहरुको कुल संख्या २ लाख ७१ हजार ७३३ पुगेको छ ।त्यस्तै देशभर सक्रिय संक्रमितहरुको संख्या १ हजार १ रहेको छ । यसैगरी क्वारेन्टाइनमा रहनेको संख्या ५१ रहेको छ । पछिल्लो २४ घण्टामा देशभर ३ हजार १६१ जनाको पीसीआर परीक्षण हुँदा हालसम्म कुल २२ लाख ३० हजार ७०८ जनाको पीसीआर परीक्षण भएको छ ।

यसै गरी पछिल्लो २४ घण्टामा थप एक संक्रमितको मृत्यु भएको छ । हालसम्म नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३ हजार १६ पुगेको छ ।

प्रतिकृया दिनुहोस्