Wednesday, September 22

आज नेपालमा कोरोनाका कारण हालसम्मकै बढीको मृत्यु

May 19, 2021 142

नेपालमा चौबीस घण्टाभित्र कोरोनाभाइरसबाट हालसम्मकै सबैभन्दा बढी मृत्यु दर्ता गरिएको छ । पछिल्लो चौबीस घण्टामा २४६ जना सङ्क्रमितको मृत्यु भएको हो । यसअघि सबैभन्दा बढी २२५ जना सङ्क्रमितको मृत्यु भएको थियो । हालसम्म नेपालमा ५ हजार ६५७ जना संक्रमितको मृत्यु भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड १९ सम्बन्धी बिवरण सार्वजनिक गर्न आयोजना गरेको पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो चौबीस घण्टामा आरटीपीसीआर परीक्षणमा आठ हजार ६४ जना सङ्क्रमित थपिएको जानकारी दिए ।

उनले एन्टीजेन परीक्षणमा पछिल्लो चौबीस घण्टामा १०९ मा रिपोर्ट पोजेटिभ आएको बताए । मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा सात हजार ९८९ जना सङ्क्रमित कोरोनामुक्त भएका छन् ।

त्यस्तै पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा २ हजार ४८६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमा भक्तपुरमा २२८, ललितपुरमा २७० र काठमाडौंमा १ हजार ९८८ जना रहेको बुधबारको प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए ।

स्वास्थ्य खबरका अनुसार कोरोना मानिसको डरसँग जोडिएको रोग बन्न पुगेको छ। कोरोना लाग्दैमा र अस्पताल भर्ना हुँदैमा मरिन्छ, केही हुन्छ भन्ने डर अहिले यति हावी हुँदैछ की यसले मानसिक समस्या निम्त्याइरहेको छ। कोरोना जस्तै विभिन्न महामारीहरुमा मानसिक समस्या बढ्ने गरेको मानसिक रोग विशेषज्ञ बताउँछन्।

आइसोलेसन तथा आइसीयूमा उपचारपछि निको भएका व्यक्तिहरुमा विभिन्न मानसिक समस्या देखिने गरेको मानसिक रोग विशेषज्ञ डा रितेश थापाले बताए। जसलाई चिकित्सकीय भाषामा पोष्ट ट्रम्याटिक स्ट्रेस डिसअर्डर भनिन्छ। यसलाई संक्षिप्त रुपमा पिटीएसडीका रुपमा पनि चिनिन्छ।

उनी भन्छन्, ‘कोरोना भएर आइसीयू तथा आइसोलेसनमा बसेर उपचारपछि निको भइसकेकाहरुमा विभिन्न मानसिक समस्या देखिने गरेको छ। यो कुनै पनि घटनापछि यस्तो समस्या देखिन्छ।’

कोरोना महामारी नियन्त्रणका लागि गत वर्ष गरिएको लडाउनमा पनि अधिकांश मानिसहरुमा एन्जाइटी, डि ‘प्रेशनका समस्याहरु देखिएको उनी सुनाउँछन्। सामाजिक सञ्जालमा अहिले कोरोना र हार्दिक श्रद्धाञ्जली बाहेक अन्य सामग्री कमै भेटिन्छन्। कसैको लागि यो जानकारी मूलक खबर हुन सक्ला तथा कोरोनासँग लडिरहेका संक्रमितहरुका लागि भने यसले ठुलो असर गर्छ।

‘धेरै मानिस म’रेको, संक्रमित भएको समाचारहरु नै अहिले सामाजिक सञ्जालमा बढी आउँछन्। यस्तो नकारात्मक समाचारहरुले मानिसहरुमा एन्जाइटी विकास भइरहेको छ’, उनले भने, ‘संक्रमण नभएको व्यक्तिलाई पनि सामान्य खोकी लाग्ने बित्तिकै मलाई कोरोना भयो। अब मर्छु की भन्ने तनाव हुने गरेको छ।’

प्रतिकृया दिनुहोस्