Monday, September 20

देउवा सरकारले आजैबाट लागु हुने गरि गर्यो यस्तो नयाँ निर्णय

August 19, 2021 325

काठमाडौं । देउवा सरकारले आजदेखि लागु हुने गरि अर्को नयाँ निर्णय गरेको छ। मध्यम तथा लामो दूरीका सवारी साधनसमेत सञ्चालन हुने भएका छन्। लामो समयदेखि बन्द रहेको अन्तर जिल्ला यातायातलाई सरकारले आजदेखि खुला गरेको हो।

जिल्ला प्रशासन कार्यालय काठमाडौँले जारी निषेधाज्ञालाई थप खुकुलो बनाउँदै आजदेखि मध्यम तथा लामो दूरीको सार्वजनिक यातायात खुलाउने निर्णय गरेको हो । योसँगै काठमाडौँ उपत्यकाबाट मुलुकका विभिन्न जिल्लाका लागि लामो तथा मध्यम दूरीका यातायात सञ्चालनमा आएका हुन् ।

शुक्रबार विज्ञप्ति जारी गर्दै उपत्यकाका सम्पूर्ण यातायात व्यवसायीलाई नेपाल सरकारकाले तोकेको जनस्वास्थ्यका मापदण्ड पालना गरी मध्यम तथा लामो दूरीका सवारी साधन सञ्चालनका लागि खुला गरिएको जानकारी दिएको हो ।

मन्त्रिपरिषद्को साउन ४ गतेको निर्णय अनुसार त्रिभूवन विश्वविद्यालय, लोक सेवा आयोगलगायत विभिन्न निकायहरुहबाट परीक्षाका कार्यक्रम सार्वजनिक भएकाले विद्यार्थी तथा सर्वसाधरणलाई आवतजावत गर्न सहज बनाउन आग्रह गरिएअनुसार लामो दूरीको सवारी खुला गर्ने निर्णय भएको विज्ञप्तिमा उल्लेख छ।

सर्वसाधरणलाई अनिवार्य टिकट काटेर मात्र यात्रा गर्न र स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गर्न प्रशासनले आग्रह गरेको छ। कोरोना भाइरसको दोस्रो लहरका कारण गत वैशाख १६ गतेदेखि उपत्यकामा निषेधाज्ञा शुरू भएपछि लामो तथा मध्यम दूरीका सावारी साधन बन्द भएका थिए ।यसैबीच वाग्मती प्रदेश सरकारले सवारी साधनहरुको अनलाइन प्रविधिबाट नवीकरण र राजस्व भुक्तानी सेवा सुरु गरेको छ । यातायात व्यवस्थापन सूचना प्रणालीको वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले शुक्रबार एक समारोहबीच शुभारम्भ गरेका हुन् ।

मुख्यमन्त्री पौडेलले हेटौंडाका सेवाग्राही चिन्तामणि फुयालको मोटरसाइकलको अनलाइनमार्फत राजस्व तिरेर यातायात व्यवस्थापन सूचना प्रणालीको शुभारम्भ गरेका थिए । यस सेवालाई सुरुमा कठिनाई भए तापनि पछिका दिनमा सहज हुने बताउँदै मुख्यमन्त्री पौडेलले प्रदेशलाई डिजिटल प्रदेशको रुपमा लैजाने दाबी गरेका थिए ।

सवारी साधनको अनलनाइन प्रणालीबाट भुक्तानी प्रणालीले सेवाग्राहीहरुको समय बचत र यातायात क्षेत्रमा नै सुशासन र पारदर्शिता कायम हुने उनले बताए ।

वाग्मती प्रदेश सरकारले ‘प्रदेश सवारी तथा यातायात व्यवस्था ऐन २०७’ जारी गरी कार्यान्वयनमा ल्याएको छ । उक्त ऐनको व्यवस्था अनुसार विद्युतीय माध्यमबाट यातायात क्षेत्रको सेवा प्रवाह र राजस्व भुक्तानी प्रणालीलाई व्यवस्थित गर्न ‘विद्यूतीय माध्यमबाट यातायात क्षेत्रको सेवा प्रवाह र राजस्व भुक्तानी नियमावली २०७८ समेत प्रदेश सरकारबाट जारी गरी कार्यान्वयनमा ल्याएको छ ।

यस प्रणालीले कर निर्धारण गर्ने, इम्बोस्ड नम्बर प्रणाली, सवारी बिमा पहिचान, सवारी साधन दर्ता, नवीकरण लगायतका कार्यमा सहजता आउनुको साथै राजस्व संकलनमा वृद्धि हुने दाबी गरिएको छ । प्रदेश सरकारको मातहतमा रहेका यातायात व्यवस्था कार्यालयसहित ६ वटा सेवा कार्यालयबाट अनलाइन प्रणालीमार्फत सेवा प्रदान गरिने जनाइएको छ ।

वाग्मतीमा नेपालमा दर्ता रहेका सवारी साधनमध्ये ४७ प्रतिशत रहेका छन् । आव २०७७/०७८ मा वाग्मती प्रदेशमा १६ लाख ४३ हजार साधन दर्ता भएका छन् । असार १५ सम्ममा ८ अर्ब ९३ करोड, ९८ लाख, ५० हजार ३९८ राजस्व संकलन गरिएको थियो ।

नेपाल सरकार (मन्त्रिपरिषद)को यही साउन ४ को निर्णयअनुसार यातायात सञ्चालनको व्यवस्था मिलाउन जिल्ला प्रशासन कार्यालय काठमाडौँले यातायात व्यवसायीलाई अनुरोध गरेको छ।sorce sancharkendra

प्रतिकृया दिनुहोस्