Tuesday, October 26

डोल्पाको श्रीमान श्रीमतीको सबैलाई रुवाउने कथा । काठमाडौं आएर सुनाए- डोकोमा हस्पिटल लादै गर्दा गर्भ खेर गयो, साथी भिरबाट लड्यो (भिडियो हेर्नुस)

March 19, 2021 312

कर्णालीका विकट जिल्लाहरुको अवस्थालाई चित्रित गरेको ‘रेलको बाटो’ गीत सार्वजनिक भएको छ । सुरज पण्डितको स्वरमा रहेको गीतको भिडियोमा हुम्लामा मोटर नपुगेको कथा देखाइएको छ । भिडियोले कर्णाली प्रदेशको डोल्पा जिल्लाको विकटताको चित्र बोलेको छ । लक्ष्मण सुनारले निर्देशन गरेको म्युजिक भिडियोमा जिबी चिरन (चिरन्जीवी सापकोटा), सरस्वती खत्री र लक्ष्मण देवकोटाको अभिनय छ । सुरज पण्डितकै संगीत रहेको गीतमा लेखराज गिरीको शब्द छ । पछिल्लो समय अभिनयमा रमाईरहेका मोडल चिरन्जीविद्वारा अभिनित ‘रेलको बाटो’को भिडियोले यूट्युवमा चर्चा बटुल्ने क्रम बढ्दो छ। केही दिन पहिला आहा टिभि नामक यूट्युवबाट सार्वजनिक गरिएको उक्त गित ट्रेडिङ नं. ११ मा पुगेको छ।

हुम्लामा गएर भिडियो छायाङ्कन गरिएको उक्त गीतमा सुरज पण्डीतले आवाज दिएका छन्। कमल सौरागले एरेञ्जर गरेको संगित गायक पण्डीत आफैले गरेका हुन। लेखराज गिरीले लेखेको शब्दको भिडियोमा चिरञ्जीवि सापकोटा, सरस्वति कार्की र लक्ष्मण देवकोटाले अभिनय गरेका छन्। लक्ष्मण सुनारले निर्देशन गरेको उक्त भिडियो भिमसेन कल्याल ठकुरीले छायाङ्कन गरेका थिए। काठमाडौंबाट हुम्ला पुगेर छायाङ्ककन गर्दा साह्रै दुःख भएको अनुभव कलाकार सापकोटाले सुनाए। सापकोटाका अनुसार त्यहाँको चिसो हावा र पहाडी भूभागमा छायाङ्कन गर्नु पर्ने भएका कारण छायाङ्कनमा समस्या भएको थियो। चीनबाट आउने रेलले काठमाडौं लगायतका शहरलाई छुदै लुम्बिनी पुग्ने समाचार रेडियोमा सुनेपछि त्यहाँ खच्चडबाट समान ढुवानी गर्ने, बिरामी हुँदा डोकोमा बोक्नु पर्नेलगायतका समस्या भोगेका युवाले रेलको बाटो आउँदै छ रे तिमी बस्ने शहरैमा भनेर गीत गाएका छन्। यसैबिच गीत निर्माण टिमका सदस्यहरुले डोल्पामा गीत छायाँकनका अप्ठेरा क्षेणहरु शिशिर भण्डारीसँग साटे । उनीहरुले साथी बिरामी भएकोदेखि १३ दिन मुख नधोएको कथा समेत सुनाए । भिडियो हेर्नुस

प्रतिकृया दिनुहोस्