Monday, September 20

अब आउने चुनाव एमालेको हो, दुई तिहाइ मत ल्याउँछौँ : केपी ओली

August 19, 2021 222

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी ओलीले अब आउने चुनाव एमालेको चुनाव भएको ठोकुवा गरेका छन्।

एमालेका वरिष्ठ नेता माधव कुमार नेपालले पार्टी फुटाएर एमाले (समाजवदी) गठन गरेपछि बोल्दै ओलीले एमाले सरकारबाट केही समयका लागि हटेको र अबको चुनावमा पनि एमाले एक्लैले दुई तिहाइ मत ल्याउने दाबी गरेका हुन्।

‘गठबन्धनका सबैले सुनुन्,’ उनले भने, अहिलै भनेको छु अब आउने चुनाव एमालेको चुनाव हो । जनताले विकासविरोधी गठबन्धनलाई होइन हामीलाई भोट दिन्छन् ।’

उनले आफ्नो नेतृत्वमा चुनाव भए एमालेले दुई तिहाइ ल्याउने र अरु पार्टी सबै बन्द हुने देखेर आफूविरुद्ध गठबन्धन बनेको बताए।

ओलीको नेतृत्वमा भयो भने एमालेले दुई तिहाइ मत ल्याउँछ भन्ने डरले गठबन्धन बनेको उनको भनाइ छ ।-नेपाल वाच

प्रतिकृया दिनुहोस्