Thursday, December 2

कार राख्ने ग्यारेज जस्तै विमान राख्ने ह्याङ्गर !

March 17, 2021 403

एजेन्सी, ४ चैत । कुनै टोलमा बस्ने हरेक परिवारसँग एउटा कार हुनु र उनीहरु कुनै कामले बाहिर निस्किँदा कार चढेर निस्किनु सामान्य हो । तर, टोलका सबैसँग हवाइजहाज हुनु र उनीहरु अफिस जान वा अन्य कुनै कामले बाहिर जाँदा हवाइ जहाज चढेर जान्छन् भन्ने सुन्दा अनौठो लाग्न सक्छ ।

हो, अमेरिकाको क्यालिफोर्निया राज्यको क्यामरुन एयरपार्क क्षेत्रमा बस्ने मानिसहरुका लागि भने यो निकै सामान्य कुरा हो । यहाँका घरहरुमा कार राख्ने ग्यारेज जस्तै विमान राख्ने ह्याङ्गर छन् । यहाँका सडकमा विमान गुडिरहेको देखिनु अन्यत्रका सडकमा कार गुडेको देखिनुजस्तै सामान्य हो ।

सो एयरपार्क १९६३ मा क्यामरुन पार्क एयरपोर्टसँगै बनाइएको हो । अहिले यहाँ १ सय २४ घरहरु छन् । यहाँका सडकहरु सय फिट फराकिला छन् । यी सडक फराकिला बनाइनुको कारण त्यस क्षेत्रमा बस्ने पाइलटहरुले विमानलाई एयरपोर्टबाट घरसम्म वा घरबाट एयरपोर्टसम्म गुडाउँदै लैजान सकुन् भन्ने उद्देश्य हो ।

त्यहाँ सडकका नाम पनि विकानको नामबाट बोइङ रोड, सेस्ना ड्राइभ लगायत राखिएका छन् ।

प्रतिकृया दिनुहोस्