Saturday, November 27

एमालेमा केपी ओलीले यसकारण मन पराउँदैनन् अष्टलक्ष्मी शाक्यलाई

March 18, 2021 320

नेपाल कम्युनिस्ट पार्टी तथा महिला आन्दोलनमा आदरपूर्वक लिइने नाम हो अष्टलक्ष्मी शाक्य । तर उनलाई नेकपा एमालेमा उचित हैसियत नदिइएको शाक्यको गुनासो छ । समकालीन र आफूभन्दा जुनियर विद्यादेवी भण्डारी राष्ट्रपति भै सक्दा शाक्यले बागमति प्रदेशको मुख्यमन्त्री आशा गरेकी थिइन् ।

शाक्यको आशामाथि पानी हाल्दै केपी ओली निकट र नामै नचलेका डोरमणि पौडेललाई मुख्यमन्त्री बनाएपछि उनी केपी ओलीसँग रिसाएकी छिन् । नेकपा एमालेभित्र पनि पार्टीको जिम्मेवारीमा बिद्यादेवी भण्डारी र अष्टलक्ष्मी शाक्य दुई महिला पुग्दा एमाले अध्यक्ष केपी ओलीले बिद्यालाई सहयोग गरे ।

बुधबार एमालेको माधवकुमार नेपाल र झलनाथ खनाल समूहको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै स्थायी कमिटी सदस्य अष्टलक्ष्मी शाक्यले अध्यक्ष केपी शर्मा ओलीले वर्षौँसम्म सँगै ल डे का साथीलाई दिनुसम्म पी डा दिएको गुनासो गरिन् ।

ललितपुरको एक पार्टी प्यालेसमा भएको भेलामा देशभरिबाट विभिन्न कमिटीका झण्डै दुई हजार कार्यकर्ता सहभागी छन् । ‘दुःख गरेर आएका नेतालाई हेला गर्ने, तुच्छ वचन बोल्ने र पार्टीबाटै हटाउने ष ड्य न्त्र गर्नुभएको छ ।

आफ्नै साथीलाई तु च्छ बोल्न कसरी सकेको होला? केपी ओलीले दिएको पी डा त कहिल्यै पनि बिर्सन सकिन्नँ ।’ शाक्यले भनिन् । अध्यक्ष ओलीमा नैतिकता नै नभएको शाक्यको आरोप छ ।

‘तपाईँले संविधान र लोकतन्त्र मास्ने नियतका साथ गरेको प्रतिगामी कदमलाई सर्वोच्चले उल्टाइदियो, यदि तपाईँमा अलिकति पनि नैतिकता बाँकी रहेको हुन्थ्यो भने राजीनामा दिइहाल्नुहुन्थ्यो तर तपाईँमा अलिकति पनि नैतिकता रहेनछ, उल्टै अरूलाई सिकाउँदै हिँड्नुभएको छ ।’ नेतृ अष्टलक्ष्मी शाक्यले भनिन् ।

प्रतिकृया दिनुहोस्