Saturday, July 24

ओलीले बोलाएको संसदीय दल र केन्द्रीय समिति दुवै बैठकमा नजाने खनाल-नेपाल समूहको निर्णय

March 20, 2021 209

काठमाडौं, ६ फागुन । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले बोलाउनु भएको संसदीय दल र केन्द्रीय समिति दुवै बैठकलाई खनाल-नेपाल समुहले बहिस्कार गर्ने भएको छ ।

शुक्रबार नयाँ बानेश्वरमा बसेको खनाल-नेपाल समुहको स्थायी समितिको बैठकले ओलीले बोलाउनु भएको दुवै बैठक बहिस्कार गर्ने निर्णय गरेकाे हो ।

प्रधानमन्त्रीसमेत रहनुभएका अध्यक्ष ओलीले शनिबार बिहान संसदीय दल र केन्द्रीय समितिको बैठक बोलाउनु भएको छ । शुक्रबारको खनाल-नेपाल समुहको स्थायी समिति बैठकमा उपस्थित नेताहरुले बालुवाटारमा बैठक बोलाएकाले बहिस्कार गरेको निष्कर्ष निकालेका छन् ।

यदी प्रधानमन्त्रीको सरकारी निवासभन्दा बाहेक संसद भवन या त सिंह दरवारमा बोलाएको भए उपस्थित हुने बताइएको छ । ओलीले बालुवाटारमा पार्टीको बैठक बोलाएर निजिकरण गरेको नेताहरुले आरोप लगाएका छन् ।

सर्वोच अदालतले नेकपालाई खारेज गरिदिएपछि नेकपा एमाले दुई खेमामा बिभाजित छ । फागुन २८ गते बरिष्ठ नेता माधव कुमार नेपालसहित उनी उहाँ निकटका नेताहरुको पद खोसेर अध्यक्ष ओलीले आफू निकटका नेताहरुलाई जिम्मेवारी दिएको खनाल नेपाल समूहका नेताहरुको आरोप छ ।

त्यस्तै सो निर्णयलाई खनाल नेपाल समुहले एमालेको विधानबिपरित भएकोले अवैधानिक समेत भनेको छ । त्यस्तै खनाल नेपाल-समुहले नेकपा माओवादी केन्द्रबाट आएका २३ नेताहरुलाई केन्द्रय सदस्यमा मनोनयन गरेकोप्रति आपत्ति पनि जनाएको छ ।

अध्यक्ष ओलीले उक्त निर्णयहरु नसच्याएसम्म बैठक बहिस्कार गर्ने खनाल नेपाल समूहले रणनीति बनाएको छ ।

प्रतिकृया दिनुहोस्