Tuesday, September 27

नेपालमा आमाआमा बिहे गर्ने पहिलो जोडि, अभियानता शरिन बिहेपछि पहिलोपटक मिडियामा, बिगत सम्झेर झर्यो आँसु (भिडियो सहित)

March 18, 2021 309

एक महिला शरिन ख्युव्वा तामाङले अर्की एक जना महिलासँग नै विवाह गरेकी छन् । शरिनले एक छोरीकी आमा देवी कार्कीसँग हिजो शनिबार विवाह ब’न्धनमा बा’धिएकी हुन् । सामाजिक सञ्जालमा समाजसेवीको छबि बनाएकी शरिनले आफूजस्तै महिलासँग बिहे गरेको खबरले उनका फ्यानहरु च’कित भएका छन् , भने फेसबुकमा व्यापक चर्चा, प’रिचर्चा चलिरहेको छ।

शरिनसँग निकट रहेकी जुनु पुनले शरिन र देवीले बिहे गरेको तस्बिर सामाजिक सञ्जालमा पोस्ट गरेकी छन् ।शरिनको एक छोरा र एक छोरी छन् भने देवीको एक छोरी छन् ।तर, दुवै जनाको श्रीमानसँग पहिल्यै डि भोर्स भइसकेको जुनु पुनले बताइन् । शरिन र देवीको बिहेमा जुनु पुनलाई पनि बोलाइएको थियो ।

‘मलाई पनि बो’लाइएको थियो, म त र’क्सी लगेर जानुपर्ने थियो,’ जुनुले भनिन्, ‘तर सन्चो नभएर जान सकिनँ । धरान माइती भएकी शरिन इजराइलमा बस्दै आएकी थिइन् । उनले बेलाबेला सामाजिक विषयमा फेसबुक लाइभमा आएर आफ्नाे भनाइ राख्ने गरेकी थिइन् भने स’मस्यामा परेकाहरुलाई आर्थिक सहयोज जुटाउने काम समेत गर्दै आएकी थिइन् ।

जुनु पुनका अनुसार उनी एक वर्षदेखि नेपाल आएर काठमाडौंमा बस्न थालेकी हुन् । उनको छोरी जर्मनीमा छिन् भने छोरा आफूसँगै छन् । देवीकी छोरी पनि उनीसँगै छिन् ।स म लिं गी बिहेलाई देवीकी आमा-बाबाले सहर्ष स्वीकार गरेका छन् । उनका आमा-बाबाले खुसीसाथ बिहेको आशिर्वाद दिएको जुनु पुनको भनाइ छ ।

प्रतिकृया दिनुहोस्