Tuesday, November 30

डिआरएस गेमिङ्ग र खेलाडीबीच सम्झौता

March 18, 2021 289

काठमाडौं, ५ चैत । अनलाइन खेल (ई-गेमिङ्ग)को दुनियामा नयाँ आयाम थपिएको छ । ई-गेमिङ्ग मध्येकै एक पब्जीका खेलाडीहरु पनि अव संस्थासम्ग आवद्धता हुँदै ब्यवसायिक रुपमा अगाडि बढ्ने भएका छन् ।

राजधानीमा आज पब्जीका खेलाडीहरुलाई आफ्नो संस्थामा आवद्धता गर्दै “द रियल सोल्जर्स” (डिआरएस)ले ई-गेमिङ्गमा नयाँ आयाम थपेको हो । विहीबार डिआरएसका प्रमुख कार्यकारी अधिकृत भिक्टर पौडेल र खेलाडीहरुले रोयल सिंघी होटलमा सम्झौता पत्रमा हस्ताक्षर गरे ।

अव डिआरएससँग आवद्ध खेलाडीहरुले एक बर्षका लागि मासिक तलब र भत्ता प्राप्त गर्ने छन् । साथै बुटक्याम्पका दौरान सम्पूर्ण खर्च डिआरएसले ब्यहोर्ने भएको छ ।

कति रकममा सम्झौता गरिएको भन्ने प्रश्नको जवाफमा कार्यकारी अधिकृत भिक्टरले सम्झौतामा रकमका बारेमा नखुलाउने बुँदा राखिएकोले त्यसका बारेमा बोल्न नमिल्ने बताए । उनले सर्वसाधारण खेलाडीहरुले प्राप्त गर्ने रकम प्राप्त गर्ने समेत बताए ।

नेपालमा पब्जी र ई-गेमिङ्गलाई ब्यवसाधिक बनाउनुपर्छ भन्ने कुरालाई आत्मसाथ गर्दै नयाँ आयाममा पाईला चालेको प्रस बिज्ञप्तीमा जनाइएको छ ।

डिआरएसले आफ्नो टिममा युगेन लामा (निन्जा), अजय श्रेष्ठ (एजे), निमा तामाङ्ग (निमा), पेम्बा ग्याल्जेन लामा (ग्याल्जेन) र अञ्जन राई (एमआराबोरो)लाई आवद्धता गरेको हो । टोली ब्यवस्थापकमा संगिन भट्टराई रहेका छन् ।

आवश्यकता अनुसार राष्ट्रिय तथा अन्तराष्ट्रिय प्रशिक्षकहरुबाट समेत प्रशिक्षण गराइने बिज्ञप्तीमा जनाईको छ ।

प्रतिकृया दिनुहोस्