Wednesday, September 22

यिनै हुन आफ्नो ११ महिने शिशुलाई कलेजोको टुक्रा दिने बाबु

March 21, 2021 255

बिबिसी – ११ महिने बालकको महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा कलेजो प्रत्यारोपण गरिएको छ ।शनिबार राति ८ घण्टा लगाएर शिक्षण अस्पतालका चिकित्सकहरुले कलेजो प्रत्यारोपण गर्न सफल भएका हुन् । ३५ वर्षका बाबुले आफ्नो छोरलाई कलेजो दिएका थिए ।

शिक्षण अस्पतालका लिभर, प्यान्क्रियाज सर्जन प्रा। डा। रमेश सिंह भण्डारीको नेतृत्तमा कलेजो प्रत्यारोपण सुरु भएको थियो । काभ्रे घर भएका ति बालकको डेढ महिनादेखि प्रत्यारोपणको लागि तयारी गरिएको थियो । सानो उमेरमा गरिएको पहिलो प्रत्यारोपण भएको बताइएको छ ।

प्रत्यारोपणमा सघाउन फोर्टिस अस्पताल भारतका डा विजय भिजको नेतृत्वमा चिकित्सकको टोली आएको थियो । उनीहरुको सहयोगमा प्रत्यारोपण सफल भएको बताइएको छ । कलेजो प्रत्यारोपण भने कोरोना महामारी सुरु भए यताको यो नै पहिलो हो ।

शल्यक्रियामा संलग्न प्राध्यापक डा। रमेशसिंह भण्डारीका अनुसार ती बालकलाई ुबिलिअरी अट्रिजियाु भन्ने समस्या थियो। उनलाई जन्डिस देखिएको थियो र उनको कलेजो कामै नलाग्ने अवस्थामा पुगेको थियो।

प्रतिकृया दिनुहोस्