Saturday, June 19

बैंक तथा वित्तीय संस्था एक साताका लागि बन्द, राष्ट्र बैंकले जारी गर्यो यस्तो सूचना !

May 21, 2021 102

काठमाडौं । मोरङका बैंक तथा वित्तीय संस्था एक साताका लागि बन्द गर्न राष्ट्र बैंकले परिपत्र जारी गरेको छ । बधुवार एक सूचना निकाल्दै राष्ट्र बैंकको विरानगर कार्यालयले यस्तो परिपत्र जारी गरेको हो ।

राष्ट्र बैंकले मोरङमा जेठ ११ गतेसम्मका लागि अत्यावश्यक बैंकिङ सेवा बाहेक अन्य सबै बैंकिङ क्रियाकलाप बन्द गर्न जिल्लाभर सञ्चालित बैंक तथा वित्तीय संस्थाहरुलाई अनुरोध गरेको छ ।

बैंक तथा वित्तीय संस्थाहरूसँग जारी निषेधाज्ञा अवधिभर अनलाइन बैंकिङ, एटिएम सेवा र अन कल सेवाबाहेक अन्य सेवा बन्द हुने सूचनामा उल्लेख छ ।

विस्तृतका लागि हेर्नुहोस् सूचना :

प्रतिकृया दिनुहोस्